Showing posts with label नेपालीमा ब्लग. Show all posts
Showing posts with label नेपालीमा ब्लग. Show all posts

Thursday, September 12, 2019

दुखको माया

म सामान्यतया प्लेनको लामो यात्रामा विभिन्न साहित्य लेख्न मन पराउछु । आज नेपालगन्ज देखि काठमाडौं दिक्क लाग्दो एक घन्टामा गरेको एउटा सानो प्रयास :

हारी रहने रहर छ यो जिबनमा
जित्ने तिमी भैदिए
मृत्यु नै किन नरोज्थे होला
साथी तिमी भैदिए

Tuesday, June 4, 2019

लासको माया

म कहिलेकाही जिन्दगीको गहिरो मजा लिई शान्त अनुभब गर्न पशुपति आर्यघाट पुग्छु, आज त्यसरी पुग्दा मैले नचिनेको एक युबक आफ्नी श्रीमतीलाइ ब्रम्हानालमा सुताएको देख्दा सम्हालिन नसकेर पटक पटक मुर्छा परेको नजिकबाट अनुभब गरे, जसले मलाई पनि भाबुक बनायो उनको पिडा र अनुभबलाइ मैले तुरुन्तै मेरो शब्दमा उतार्न प्रयास गरे:

धेरै चिज थाहा छ मलाई, न बोल्न सक्छु म
तिमीलाई कस्तो छ भनि, न सोध्न सक्छु म
तिमी के गर्दै छौ प्रिय, न जान्न सक्छु म
तिम्रो अगाडी आफ्नो पिडा, न खोल्न सक्छु म

Saturday, January 6, 2018

अनुमानित कर विवरण वेबसाइटबाटै कसरी बुझाउने? (बिस्तृतमा फोटो सहित)

अनुमानित कर विवरण बुझाउनु पर्ने व्यक्ति

आयकर ऐन, २०५८ अनुसार बार्षिक सात हजार पाँच सय भन्दा बढिको कर दायित्व भएका करदाताले आफ्नो व्यबसाय वा लगानीबाट हुने कुल आय तथा करयोग्य आय खुलाई आफ्नो अनुमानित कर विवरण पौष मसान्त भित्र बुझाउनु पर्दछ । रोजगारीबाट आय हुने वा व्यवसाय नोक्सानीमा भएका करदाताले कानुनतः अनुमानित कर विवरण बुझाउनु पर्दैन ।

कानूनतः अनुमानित कर विवरणको आधारमा करदाताले आफुले बुझाउनुपर्ने किस्ताबन्दिमा कर दाखिला गर्नुपर्दछ । उदाहरणको लागि, कुनै करदाताले करयोग्य आय एक लाख देखायो भने त्यसको चालिस प्रतिसतले हुने रकम अर्थात चालिस हजार पौष मसान्त भित्र बुझाउनु पर्दछ । यदि आफ्नो अनुमानित कारोबारमा परिबर्तन हुने भएमा कानूनतः फेरी परिबर्तित अनुमानित कर विवरण बुझाउनु पर्दछ तर व्यबहारमा यो परिबर्तित विवरण बुझाउने चलन खासै छैन ।


अनुमानित कर विवरण नबुझाएमा के हुन्छ ?

अनुमानित कर विवरण नबुझाएमा कर अधिकृतले रु. ५००० वा कारोबार रकमको ०.०१ प्रतिशतमा जुन बढी हुन्छ सो जरीवाना गर्न सक्दछ । हाल यो जरीवाना गर्न कर कार्यालयहरुले कडाई गर्दै लगेका छन् ।


कसरी बुझाउने अनुमानित कर विवरण ?

अहिले आन्तरिक राजस्व विभागले अनुमानित कर विवरण अनलाईनबाटै बुझ्ने व्यबस्था गरेको छ । अनलाईनबाट विवरण बुझाउने तरिका विस्तृतमा तल प्रस्तुत गरिएको छ ।
सबै भन्दा पहिले, आन्तरिक राजस्व बिभागको वेबसाइटमा जानुहोस । तलको जस्तो पेज देख्नुहुन्छ । त्यसपछि, तल निलो घेरा लगाएको करदाता पोर्टलमा क्लिक गर्नुहोस 





Thursday, January 4, 2018

कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्ने कागजातहरु

कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु:
§  कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी
§  कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ ।
§  संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।

Wednesday, December 27, 2017

NGO मा भ्याट, भ्रम, बास्तविकता र समस्याहरु

(तपाईले भ्याटमा दर्ता भएको NGO मा काम गर्नु भएको छ वा सोको कारोबारसँग सम्बन्धित हुनुहुन्छ भने तपाईले सजिलै यो लेख बुझ्नुहुन्छ । यो लेख पढ्नु अघि यहि लेखसंग सम्बन्धित हाम्रो अघिल्लो लेख पढ्न हुन अनुरोध गर्दछु  अन्यथा यो लेख बुझ्नलाई तपाईलाई कठिनाई पर्न सक्छ । सो कठिनाई प्रति अग्रिम क्षमा प्रार्थना गर्दछु ।)

NGO नि भ्याटमा दर्ता ?
NGO भ्याटमा दर्ता छ भनेर कसैले भन्यो भने धेरै व्यक्तिको एउटै प्रश्नबाचक उत्तर आउछ, NGO नि भ्याटमा ? NGO को काम समाज सेवा गर्ने कि व्यापार ?

मुल्य अभिबृद्धि निर्देशिका, २०६९ (संसोधन, २०७३ सहित) को ४.१९ मा नाफा नकमाउने उद्देश्यले स्थापना भएका संस्था तथा व्यक्ति भ्याटमा दर्ता हुने सम्बन्धि व्यबस्था गरेको छ । यो व्यबस्थाले NGO लाई परिस्थिति हेरी अनिबार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यबस्था समेत गरेको छ । अर्थात, सेवा गर्न भनेर खुलेको NGO नि परिस्थिति हेरेर कानूनअनुसार अनिबार्य भ्याटमा दर्ता हुनुपर्ने कानुनी व्यबस्था रहेको छ ।

निर्देशिका अनुसार मूल्य अभिवृद्धि कर ऐनले कर लाग्ने कारोवार गर्ने व्यक्ति र कर छुट हुने कारोवार गर्ने व्यक्ति भनी विभाजन गरेको छ । नाफा नकमाउने उद्देश्यले स्थापना भएको र आयकर ऐन बमोजिम कर छुटको प्रमाणपत्र प्राप्त गरेको संघ संस्थाले पनि कहिले काही मूल्य अभिवृद्धि कर लाग्ने र नलाग्ने बस्तु तथा सेवाको कारोवार गरेको पाइन्छ । मूल्य अभिवृद्धि कर कारोवारमा लाग्ने करभएकोले भ्याट लाग्ने कारोवारमा संलग्न जो सुकै व्यक्ति भए तापनि मुल्य अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई आपुर्ति गर्नुपर्दछ ।

अर्थात कुनै पनि कर छुट प्राप्त संस्थाले भ्याट लाग्ने बस्तु तथा सेवाको तोकिएको सिमा भन्दा बढिको कारोबार गरेमा अनिबार्य रुपमा भ्याटमा दर्ता भई कारोबार गर्नुपर्दछ । व्यवहारतः धेरै NGO हरुले परामर्श सेवाको कार्य गर्दछन् । कुनै पनि व्यक्ति वा निकायले गत बाह्र महिनामा रु. बीस लाख वा सो भन्दा बढिको परामर्श सेवा वा पचास लाख भन्दा बढिको भ्याट लाग्ने बस्तुको कारोबार गरेमा अनिबार्य रुपमा भ्याटमा दर्ता भएर मात्र सेवा प्रदान गर्न सक्दछन् । त्यसैले “NGO नि भ्याटमा ?” भन्ने प्रश्न नै कानून अनुसार गलत छ ।

Thursday, December 14, 2017

NGO/INGO लाई कर, भ्रम र बास्तविकता


  • NGO ले कर छुट प्रमाणपत्र पाए पनि आय विवरण (D3) अनिबार्य रुपमा भर्नुपर्छ । 
  • तपाईको संस्थाले कर छुटको प्रमाणपत्र नविकरण गरेको रहेनछ, तपाईको कुनै पनि आम्दानीमा कर छुट हुदैन, सवै बचतमा पच्चीस प्रतिशतले कर तिर्नुपर्छ । 
  • NGO ले कर छुट पाएकोले जुनसुकै आम्दानीमा कर छुट हुन्छ, कर तिर्ने भन्ने त प्रश्न नै आउदैन नि । 
  • असोज पछि, कर छुट प्रमाणपत्र नविकरण हुदैन, अवको बर्षमा तपाईको ल्न्इ को सवै आम्दानीमा कर लाग्छ ।
  • असोजपछि नयाँ कर छुट प्रमाणपत्र पनि जारी हुदैन, नयाँ जारी हुने म्याद पनि असोज मसान्त मात्र हो ।
  • NGO ले आय विवरण हाल्दा अनुसुची ५ मा कर छुटको विकल्पमा NGO भनेको छैन, मेरो सबै बचतमा अनुसुची २ ले करको हिसाव गर्यो, के गर्नु ? उत्तर आउछ, “कृषि आम्दानी वा दुर्गममा व्यवसाय चलाएको भनेर छान्नु न १०० प्रतिशत छुट आउछ, अनि त कुरो मिलि गयो नि” !!

यी माथिका कुराकानी विभिन्न करदाता, कर परामर्शदाता, लेखापरिक्षक र कर अधिकृतका विचमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाका बारेमा भएका छलफलका क्रममा अधिक सुनिएका, केहि सत्य, केहि अर्ध सत्य र केहि हावादारी कुराहरु हुन । यी चलेका हल्ला र सल्लाहहरु कति भ्रम हुन र कति सत्य अर्थात कानुनी रुपमा सहि छन्, त्यो छुट्याउने प्रयास यो लेखमा गर्नेछु ।

Thursday, October 12, 2017

कर विवरण बुझाउने म्याद थप कसरी गर्ने ?

आयकर ऐन, २०५८ अनुसार हरेक करदाताले अघिल्लो आय बर्षमा भएको कारोबारको आय विवरण आश्विन मसान्तसम्म कर कार्यालयमा बुझाउनुपर्ने व्यबस्था रहेको छ । सो म्याद भित्र आय विवरण बुझाउन नभ्याउने करदाताको हकमा भने, आश्विन मसान्त भित्र नै कर अधिकृतको अग्रिम स्विकृति लिएर सो आय विवरण बुझाउने म्याद पौष मसान्तसम्म थप गर्न पाईने कानुनी व्यबस्था रहेको छ ।

सामान्यतयाः हाल कर कार्यालयले कागजमा लेखेर म्याद थप गर्न पेश गरेको निवेदन स्विकार गर्न छोडिसकेको छ । यसको लागि अनिबार्य रुपले अनलाईनबाट निबेदन पेश गर्नुपर्ने हुन्छ । यस लेखमा हामी सो निवेदन कसरी पेश गर्ने भन्नेबारे प्रकृयागत रुपमा उल्लेख गर्नेछौं ।

Saturday, September 23, 2017

करको कहर

एउटा कम्पनीले असारमा पाँच सय डलर खर्चेर कुनै सामान विदेशबाट आयात गर्‍यो । त्यतिखेर डलरको विनिमय दर ८० रुपैयाँ थियो । असार मसान्तसम्म डलरको भाउ बढेर प्रतिडलर ९० रुपैयाँ पुग्यो । भदौमा उक्त सामानको भुक्तानी गर्ने बेला डलरको भाउ १ सय रुपैयाँ नाघिसकेको थियो । यस हिसाबले उक्त कम्पनीलाई विदेशी मुद्रामा भएको कारोबारबाट प्रतिडलर २० रुपैयाँको दरले कुल १० हजार रुपैयाँ घाटा हुनपुगेको छ । यस्तो अवस्थालाई करमा कसरी प्रस्तुत गर्ने ? दुई भिन्न ‘क’ र ‘ख’ कम्पनीलाई एकै किसिमको समस्या पर्‍यो । 

‘क’ कम्पनीले असार मसान्तसम्म भएको घाटा प्रतिडलर रु. १० (९० र ८० रुपैयाँ विनिमय दर हुँदाको फरक) ले कुल घाटा पाँच हजार रुपैयाँलाई असार मसान्तमै घाटा लेखेर कर विवरण पेस गर्‍यो । बाँकी घाटा अर्को पाँच हजार रुपैयाँ पछिल्लो आय वर्षमा घाटा लेख्यो । यस कम्पनीको अघिल्लो आय वर्षको कर परीक्षण गर्दा कर कार्यालयले भुक्तानी नै नभइसकेको दायित्वमा घाटा भएको मानी खर्च लेख्नु न्यायोचित नभएकाले कम्पनी ‘क’ले लेखेको घाटालाई अमान्य गरी त्यसमा कर, जरिवाना तथा व्याज असुल गर्ने निर्णय गर्‍यो ।त्यस्तै ‘ख’ कम्पनीले भने असार मसान्तमा भुक्तानी नभएको कारण जनाउँदै कुनै पनि घाटा खर्चको रूपमा लेखेन । त्यसै बमोजिम आय विवरण पेस गर्‍यो । पछिल्लो भुक्तानी भएको वर्षको आय विवरण बुझाउँदा भने कम्पनीले सोही कारोबारमा प्रतिडलर २० रुपैयाँ नोक्सानी भएको भन्दै १० हजार रुपैयाँ खर्च दाबी गर्‍यो । कर कार्यालयले यस कम्पनीको पछिल्लो आय वर्षको कर परीक्षण गर्दा कुल १० हजार घाटा बापतको खर्चमध्ये ५ हजार अघिल्लो वर्षमा घाटा भइसकेकाले यस वर्ष खर्च लेख्न नमिल्ने भन्दै कम्पनी ‘ख’ले लेखेको घाटालाई अमान्य गरी त्यसमा कर, जरिवाना तथा व्याज असुल गर्ने निर्णय गर्‍यो ।

Saturday, March 11, 2017

मिस म्याच के हो र यसबाट कसरी बच्ने ?

आय विवरण पेश गरिसकेपछि धेरै करदाताको साझा समस्या बनेको छ- मिस म्याच। धेरै करदाताको हिसाव किताबमा कर कार्यालयले मिसम्याच फेला पार्ने र त्यही आधारमा थप कर तथा जरिवाना लगाईँदै आएको छ। अधिकांश करदाताको टाउको दुखाएको मिसम्याचका कारण र समाधानका उपाय बारे यहाँ उल्लेख गरिएको छ।

मिस म्याच के हो ?

आय विवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ। अनुसुची १३ मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक/पटक गरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ। कारोबार गरेकादुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ।

मिस म्याचले कर दायित्व सिर्जना गर्छ?

मिस म्याचले कर दायित्व सिर्जना गर्छ नै भन्ने हुदैन। तर, कर कार्यालयले तपाईंले पेश गरेको विवरण सहि छ कि छैन भनेर छुट्याउन प्रयोग गर्ने मुख्य अस्त्र मिसम्याच नै हो। जस्तो तपाईंले कुनै पार्टीबाट बर्ष भरिमा दश लाख रुपैयाँ बराबरको खरिद गरेको विवरण अनुसुची १३ भर्नुभयो। तर, उक्त पार्टीले तपाईंलाई त्यस अनुरुप बिक्रि गरे भनेर विवरण नदेखाएमा मिसम्याच हुन जान्छ।

Saturday, February 4, 2017

स्वास्थ्य सेवा करको बिस्तृत अप्रेसन

सर्बत्र बिरोधका बाबजुत २०६३ सालबाट सुरु भएको स्वास्थ्य सेवा करको २०७३ को आर्थिक ऐन आउन्जेलसम्म प्रकृया तथा ब्यबस्थाहरुमा परिवर्तन आईसकेको छ । यससँग सम्बन्धित स्वास्थ्य सेवा निर्देशिका बनाई आन्तरिक राजस्व बिभागले लागु गरिसकेको छ (यद्यपि, सो निर्देशिका सामान्य नागरिक तथा करदाता कसैको पनि पहुँचमा छैन) । यो लेखमा स्वास्थ्य सेवा करको ब्यबस्था तथा आर्थिक ऐन, २०७३ ले गरेका महत्वपुर्ण परिबर्तनहरुको चर्चा गर्दैछौ ।

कसलाई लाग्छ स्वास्थ्य सेवा कर ?
आर्थिक ऐन, २०७३ को दफा ७ अनुसार “नेपाल सरकारले प्रदान गर्ने स्वास्थ्य सेवा र सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेकका व्यक्ति, संस्था वा निकायले प्रदान गर्ने स्वास्थ्य सेवामा जारी बीजक मूल्यको पाँच प्रतिशतका दरले स्वास्थ्य सेवा कर लगाइने र असुल उपर गरिनेछ” भन्ने ब्यबस्था रहेको छ । 

निजी स्तरमा व्यक्तिगत फर्म, प्रा.लि. वा लिमिटेडका रुपमा सञ्चालित स्वास्थ्य सेवा प्रदान गर्ने सम्पूर्ण व्यक्ति, निकाय वा स्वास्थ्य संस्थाले यो कर असूल गरी सरकारलाई बुझाउनु पर्दछ । यो कर जनरल अस्पताल, नर्सिङ होम, क्लिनिक, विशेष वा छुट्टै सेवाप्रदान गर्ने आँखा, दाँत, छाला, हाडजोर्नी जस्ता सेवा प्रदान गर्ने वा उपचार गर्ने सबै संस्थाले तिर्नु पर्छ । यस प्रकार हेर्दा नेपाल सरकार र सामुदायिक अस्पताल बाहेक अन्य जुनसुकै ब्यक्ति वा निकायले स्वास्थ्य सेवा प्रदान गरेमा कानुन अनुसार स्वास्थ्य सेवा कर असुल गरि नेपाल सरकारलाई बुझाउनु पर्दछ ।

Friday, November 11, 2016

भारतमा ५०० र १००० को नोट नचल्दा नेपालमा के असर पर्ला ?

भारतमा रु. ५०० र १००० को नोट कानुनी रुपमा ग्राह्य नहुने घोषणा नरेन्द्र मोदीले आफ्नो टेलिभिजन सम्बोधन मार्फत गरेका छन् । त्यसले भारतमा ठुलै भुँईचालो ल्याएको छ भने त्यसको सानो ठुलो झड्का नेपालमा पनि आईसकेको छ । यो निर्णयका सम्बन्धमा धेरैका आआफ्नै तर्कहरु रहेका छन् । कसैले यो ईतिहासकै सर्बाधिक महत्वपुर्ण निर्णय भनेका छन भने केहिले यसको बिरोध गरिरहेका छन् । यसले कालोधनलाई नगदमा नै सञ्चय गर्नेलाई निकै ठुलो पिडा दिएको छ भने सर्बसाधारणलाई पनि केहि समयलाई साना नोटबाट नै ठुला कारोबार गर्नुपर्ने बाध्यता थोपरिएको छ ।

भारत सरकारको यो निर्णय मुलतः दुई वटा उद्देश्यबाट आएको देखिन्छ । पहिलो, कालोधनलाई निरुत्साहित गर्नु र अर्को नक्कली नोटलाई प्रतिस्थापन गर्नु । लुकाएर राखेको कालोधनलाई अब बैङ््िकङ च्यानलमा नल्याए, त्यो सबै नोटहरु कागजको खोस्टामा परिणत हुनेछन् । तर, त्यसरी लुकाएर राखेको नगदलाई बैङ्किङ च्यानलमा ल्याउन निकै ठुलो जोखिम लिनुपर्ने हुन्छ किनकी नोट बैंकमा पुग्दा त्यसको श्रोत र त्यसमा कानुन बमोजिम कर तिरेको प्रमाण मागिनेछ । जसले गर्दा कालो धन जति घरमा नै जलाएर यो जाडोमा आगो ताप्नुको बिकल्प छैन ।

भारतमा आएका जुनसुकै परिबर्तनले नेपालमा धेरै थोरै असर परिहाल्छ । त्यसैले भारत सरकारको यो निर्णयले पनि नेपाल असर पर्नबाट अछुतो रहन सक्दैन । अहिले सबैको चासो भनेको भारतको यो निर्णयले नेपालमा कस्तो किसिमको असर पर्छ त ? यो निर्णयबाट नेपाललाई फाईदा हुन्छ कि बेफाईदा ? नेपालले यो निर्णयबाट कसरी फाईदा निकाल्न सक्छ त ? यस्तै यस्तै जिज्ञाशाहरु अहिले चोक चोकमा सुन्न पाईन्छ ।

Thursday, August 18, 2016

लेखानीति र टिप्पणी तयार गर्ने आधार एवं उदाहरणहरु


कम्पनी ऐन २०६३ को दफा १०८ ले कुनै पनि कम्पनीले आफ्नो लेखा दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टीङ्ग स्ट्याण्डर्ड) र यस ऐनबमोजिम पालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था अनुरुप राख्नु पर्नेछ भन्ने ब्यबस्था गरेको छ ।

अर्थात, सबै कम्पनीले नेपाल लेखामान अन्तर्गत आफ्नो कम्पनीको लेखा राख्नुपर्ने बाध्यकारी ब्यबस्था ऐनले गरेको छ । त्यस्तै सोहि ऐनको दफा ११५ अनुसार लेखापरिक्षकले कम्पनीको वित्तिय विवरण माथि आफनो राय ब्यक्त गर्दा सो वित्तिय विवरण प्रचलित कानूनबमोजिम निर्धारण गरिएको लेखामान अनुरुप तयार भए वा नभएको र त्यस्ता विवरणहरू कम्पनीले राखेको लेखासँग दुरुस्त रहे वा नरहेको खुलाउनुपर्ने ब्यबस्था गरेको छ ।
कम्पनीले आफ्नो वित्तिय विवरण तयार गर्दा र त्यसमाथि लेखापरिक्षकले आफ्नो राय ब्यक्त गर्दा लेखामान अनुुसार छ कि छैन एकिन गर्नुपर्दछ । कानुनतः कम्पनीको हकमा मात्र लेखा राख्दा नेपाल लेखामान अनिबार्य हुन्छ, अन्य निकायहरु जस्तै सहकारी, साझेदारी, एकलौटी फर्मको लेखा राख्दा कानुनतः लेखामान अनिबार्य हुदैन । तर, वित्तिय विबरण सबैले बुझ्न सकुन, तुलनात्मक अध्ययन गर्दा सजिलो होस भनेर त्यस्ता निकायको लेखा राख्दा लेखामान ऐच्छिक रुपमा स्विकार गर्न सकिन्छ । आयकर ऐनको दफा २२ ले आयकर प्रयोजनका लागि ऐनले तोकेको आधारमा लेखांकन गर्नुपर्ने र नतोकिएको अवस्थामा लेखाको सामान्य प्रचलित सिद्दान्त अनुसार गर्नुपर्ने भनि व्यवस्था गरेको र नेपाल लेखामानलाई नै लेखाको सामान्य प्रचलित सिद्दान्त लिइने भएकाले कम्पनी बाहेकका फर्म, निकाय आदिले समेत नेपाल लेखामान अनुसार लेखा राख्नु उपर्युक्त हुन्छ ।

नयाँ जारी गरिएका नेपाल लेखामान (NAS) लाई “नेपाल वित्तिय प्रतिबेदनमान (NFRS)” भनिन्छ, तर नेपाल लेखामान वा नेपाल वित्तिय प्रतिबेदनमान जे भनेपनि नेपाल लेखामान बोर्ड (Accounting Standards Board) बाट जारी भएका नेपाल लेखामान, नेपाल वित्तिय प्रतिबेदनमान एबं Guidance Note हरु सम्पूर्ण लाई जनाउछ ।
यो लेखमा हामी बित्तिय विवरण तयार गर्दाका आधारभूत मान्यताहरु एवं खास गरि लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु बारे चर्चा गर्नेछौ ।

Sunday, January 24, 2016

साझा सवाल हेरेपछि.....

माघ १० गते बेलुकी ९ बजे नेपाली टेलिभिजन कै एक चर्चित कार्यक्रम साझा सवाल हेरेपछि यो ब्लग नलेखि सुत्न मन नै लागेन । यो ब्लगमा, मैले साझा सवाल मार्फत काँचको पर्दामा देखाएको नेपाली समाजको  घटनाक्रमलाई आधार लिई बिश्लेषण गर्ने सोच बनाएको छु ।

प्रथमतः यस्तो बिशिष्ट प्रकारको कार्यक्रम गर्ने सोच ल्याउने ब्यक्तिलाई साधुबाद । यो कार्यक्रम हेर्दा धेरैलाई नेपालको बिकट तथा बिजोगको स्थिति देखियो भनेर चिन्ता पनि लाग्यो होला, जुन स्वभाबिक पनि छ । तर मलाई त्यो चिन्ताको साथसाथै, धेरै घटनाक्रमलाई शुक्ष्म तरिकाले नियाल्दा खुसी पनि लागेको छ ।

दुःखको कुरो सबैलाई थाहा छ, दुःख बुझ्न धेरै कठिनाई गर्नु पनि पर्दैन । मानबिय सोच भएका जो कोहिले पनि दुःखलाई सजिलै अनुभब गर्न सक्दछन् । त्यसैले म यहाँ दुःखको भन्दा पनि नेपालको समाजको हालको चरित्रबारे उल्लेख गर्नेछु ।

Monday, December 7, 2015

जो सँग सम्बन्धित छ

धर्तीकी फूल जस्ती तिमी
पुर्णिमाकी जुन जस्ती तिमी
मेरो लागि दुर्लभ उपहार तिमी
संसारकी अमुल्य सुन जस्ती तिमी

Monday, September 21, 2015

गोरु ब्याउनु पर्छ भन्थे, संबिधान त आयो !!!

आज नेपालीलाई भाग्यमानी जनता मान्नुपर्छ, किन भन्दा संबिधान आयो भनेर मात्र होईन । आज नेपाली जनताले आफ्ना नेताले गर्दा खुसियाली साट्न पाएका छन त्यो नि जिबनमा सायदै पहिलो पल्ट होला । यस्तो खुसियालीको बेला कहिल्यै लोडसेडिङ नहुने ठाँउ धादिङबेसी आईपुगिएको छ । यो ठाँउ आउदा आज तिहारको लक्ष्मीपुजा हो कि अन्य कुनै समय छुट्याउन गाह्रो भईरहेको छ ।


Friday, July 24, 2015

९० सालको भुइचालो-- ब्रम्ह शम्सेर 1990 Earthquake by Brahma Shamser's Book

इन्टरनेट मा खोज्दा खोज्दै यो बहुमुल्य किताब पाए.. कसले तयार गर्यो थाहा भएन.. जसले तयार गरे नि उसलाई साधुबाद !!!

Wednesday, July 15, 2015

आर्थिक ऐन, २०७२ ले गरेका महत्वपूर्ण परिबर्तनहरु

महत्वपूर्ण परिबर्तन मात्र 


आयकर ऐन, २०५८ तर्फ


दफा ४(४) सानो ब्यबसाय गर्नेलाई करः संसोधन
बिस लाख सम्म कारोबार र दुई लाख सम्म आय हुनेको हकमा
गत बर्ष सम्म ऐनले निश्चित सर्त पुरा गर्ने प्राकृतिक ब्यक्तिले तोकेको सिमित रकम तिरेपछि अरु कर बुझाउनु तथा लेखापरिक्षण गराउनु पर्दैनथ्यो । यस बर्षबाट, कुनै प्राकृतिक ब्यक्ति मुल्य अभिबृद्धि करमा दर्ता भएको छ भने निजले अनिबार्य रुपमा आफ्नो ब्यबसायको लेखापरिक्षण गराई निजको ब्यबसायको आय बिबरण बुझाई सो बिबरण अनुसारको कर दाखिला गर्नुपर्ने ब्यबस्था थप भएको ।

Wednesday, March 4, 2015

होली होस त नेपालगन्जको जस्तो...

आजभन्दा ठिक चार बर्ष अघिको होली आजसम्म मैले खेलेका होली भन्दा एकदमै पृथक रह्यो । त्यस समय एकै बर्ष दुई ठाँउमा दुई दिन होली खेलेको पहिलो अनुभब थियो । पहिलो दिन पहाडको होली सल्यानमा खेलियो भने, दोश्रो दिन तराईको होली नेपालगञ्जमा खेलियो । होली खेल्ने कुरामा भने पश्चिम नेपालको सल्यानमा खेल्ने होलीमा भने केहि नयाँपन देखिन, अरुतिर जस्तै, उस्तै बिकृती । तर भोलिपल्ट तराईमा झरेर नेपालगञ्जमा खेलेको होली भने अहिले सम्मकै एकदमै अबिस्मरणिय रह्यो ।

Tuesday, February 17, 2015

आकस्मिक सेवामा यस्तो हेलचेक्राई आखिर कहिलेसम्म?

कपास उद्योगमा भएको आगलागीमा मैले जे भोगें

शनिबार बेलुकीको बीबीसी नेपाली सेवाको कार्यक्रम रेडियोमा बजिरहेको थियो। एक्कासी बाहिर केहि मान्छेहरु कराएको आवाज सुनियो। के भएको रहेछ भनेर बाहिर हेर्दा, मेरो कोठाबाट नजिकै निकै ठूलो आगलागी भइरहेको थियो। आगोको मुस्लो निकै माथिसम्म निकै साह्रो गरि दन्किरहेको थियो।
म हत्तपत्त कोठा बाहिर निस्केँ, र के गर्ने नगर्ने अलमलमा परेँ। दाजुले दमकललाई फोन गर्दिऊ भन्यो। खल्तिबाट मोबाईल निकालेर दमकलको आकस्मिक सेवा नं. १०१ मा फोन गरे कुनै पनि हालतमा फोन लागेन। केहि नलागेपछि, मैले प्रहरीको हटलाईन १०० मा फोन गरे। त्यसमा पनि उहि ब्यस्तको टोन बजिरह्यो। लगातारको प्रयास सफल नभइरहदा आखैं अगाडि निकै डरलाग्दो आगो दन्किरहेको थियो।

Saturday, January 24, 2015

पहाडको बोक्रे बिकाश

करिब तिन बर्ष अघिको घुम्ने रहर नै पुरा नगरि काठमाण्डौं फर्कनुपरेको कारणले खोटाङ घुम्ने कुरो मेरो रहर मा नै सिमित भईरहेको थियो । यसपाली त्यस्तै समय मिलाएर खोटाङ पुग्दा त्यहा निकै नै धेरै फरक पाइयो । खोटाङ त नेपालको पहाडि जिल्लाको एक प्रतिनिधि क्षेत्रमात्र हो । अहिले नेपालका पहाडि जिल्ला घुम्दा नेपालका धेरै पहाडी जिल्ला घुमेको पुरानो अनुभबलाई दिमागको हार्डडिस्कबाट सधैको लागि मेटिदिए फरक नपर्ने भएछ अर्थात पुराना अनुभबहरु त यसरी परिबर्तन भएछन कि तिनिहरु त अब कथा सुनाउन मात्र लायक भएछन । सबै कुरा नयाँ भएछन्पहाडको पुरानो अबस्था त अब दन्त्य कथा भन्दा बढि केहि रहेनछ । 

एक हिसाबले मलाई यस्तो परिबर्तन देख्दा खुसी पनि लाग्योपहाडका मान्छेले मात्र दुःख पाउनु भनेको छ र ? तीनले पनि परिबर्तनको अनुभब गर्न पाउनुपर्छ भन्ने सोचले हेर्दा मन आनन्दित हुन्छ । अर्को तर्फ पुरानो संस्कृतिरहनसहन लगायतका कुराहरु मेटिएर नयाँ मात्र भएपुरानो त पहाडमा पनि संरक्षित नहुने भो नि हैन र ? तर मेरो निष्कर्षमा हेर्दा पहाडमा बोक्रे परिबर्तन मात्र भएको छ ‘गुदि’ नै परिबर्तन भएको छैन । यसपाली मैले खोटाङ जादा देखेका रमाइला 'बोक्रे' परिबर्तन अर्थात मुख्य चाहिने कुरो दिगो रुपमा परिबर्तन नभई देखावटी परिबर्तन मात्र भएका छन् जसलाई हामी बिकाश भनेर अहिले सम्म बुझिरहेका छौं