Thursday, September 12, 2019

दुखको माया

म सामान्यतया प्लेनको लामो यात्रामा विभिन्न साहित्य लेख्न मन पराउछु । आज नेपालगन्ज देखि काठमाडौं दिक्क लाग्दो एक घन्टामा गरेको एउटा सानो प्रयास :

हारी रहने रहर छ यो जिबनमा
जित्ने तिमी भैदिए
मृत्यु नै किन नरोज्थे होला
साथी तिमी भैदिए

Tuesday, June 4, 2019

लासको माया

म कहिलेकाही जिन्दगीको गहिरो मजा लिई शान्त अनुभब गर्न पशुपति आर्यघाट पुग्छु, आज त्यसरी पुग्दा मैले नचिनेको एक युबक आफ्नी श्रीमतीलाइ ब्रम्हानालमा सुताएको देख्दा सम्हालिन नसकेर पटक पटक मुर्छा परेको नजिकबाट अनुभब गरे, जसले मलाई पनि भाबुक बनायो उनको पिडा र अनुभबलाइ मैले तुरुन्तै मेरो शब्दमा उतार्न प्रयास गरे:

धेरै चिज थाहा छ मलाई, न बोल्न सक्छु म
तिमीलाई कस्तो छ भनि, न सोध्न सक्छु म
तिमी के गर्दै छौ प्रिय, न जान्न सक्छु म
तिम्रो अगाडी आफ्नो पिडा, न खोल्न सक्छु म

Thursday, April 12, 2018

महालेखा परीक्षकले करका सम्बन्धमा निकालेको नीतिगत तथा ब्यबहारिक बेरुजु

महालेखा परीक्षकले आर्थिक बर्ष २०७३.७४ को लेखा परिक्षण गरि आफ्नो प्रतिबेदन सार्बजनिक गरेको छ | त्यो प्रतिबेदनको "करको क्षेत्र" मात्र समाबेश गरेर यहाँ राखेको छु |


Saturday, January 6, 2018

अनुमानित कर विवरण वेबसाइटबाटै कसरी बुझाउने? (बिस्तृतमा फोटो सहित)

अनुमानित कर विवरण बुझाउनु पर्ने व्यक्ति

आयकर ऐन, २०५८ अनुसार बार्षिक सात हजार पाँच सय भन्दा बढिको कर दायित्व भएका करदाताले आफ्नो व्यबसाय वा लगानीबाट हुने कुल आय तथा करयोग्य आय खुलाई आफ्नो अनुमानित कर विवरण पौष मसान्त भित्र बुझाउनु पर्दछ । रोजगारीबाट आय हुने वा व्यवसाय नोक्सानीमा भएका करदाताले कानुनतः अनुमानित कर विवरण बुझाउनु पर्दैन ।

कानूनतः अनुमानित कर विवरणको आधारमा करदाताले आफुले बुझाउनुपर्ने किस्ताबन्दिमा कर दाखिला गर्नुपर्दछ । उदाहरणको लागि, कुनै करदाताले करयोग्य आय एक लाख देखायो भने त्यसको चालिस प्रतिसतले हुने रकम अर्थात चालिस हजार पौष मसान्त भित्र बुझाउनु पर्दछ । यदि आफ्नो अनुमानित कारोबारमा परिबर्तन हुने भएमा कानूनतः फेरी परिबर्तित अनुमानित कर विवरण बुझाउनु पर्दछ तर व्यबहारमा यो परिबर्तित विवरण बुझाउने चलन खासै छैन ।


अनुमानित कर विवरण नबुझाएमा के हुन्छ ?

अनुमानित कर विवरण नबुझाएमा कर अधिकृतले रु. ५००० वा कारोबार रकमको ०.०१ प्रतिशतमा जुन बढी हुन्छ सो जरीवाना गर्न सक्दछ । हाल यो जरीवाना गर्न कर कार्यालयहरुले कडाई गर्दै लगेका छन् ।


कसरी बुझाउने अनुमानित कर विवरण ?

अहिले आन्तरिक राजस्व विभागले अनुमानित कर विवरण अनलाईनबाटै बुझ्ने व्यबस्था गरेको छ । अनलाईनबाट विवरण बुझाउने तरिका विस्तृतमा तल प्रस्तुत गरिएको छ ।
सबै भन्दा पहिले, आन्तरिक राजस्व बिभागको वेबसाइटमा जानुहोस । तलको जस्तो पेज देख्नुहुन्छ । त्यसपछि, तल निलो घेरा लगाएको करदाता पोर्टलमा क्लिक गर्नुहोस 





Thursday, January 4, 2018

कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्ने कागजातहरु

कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु:
§  कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी
§  कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ ।
§  संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।