Friday, September 6, 2013

नेपालका NGO

कति लुट्न सक्छौ देश लुट NGO
देश लुटेरा भनि तिमीहरु सर्बत्र कहलियौ

चुस चुस कति सक्छौ देश मा आएको धन
जति खाए नि नअघाउने तिमीहरुको कति पापी मन

विदेश बाट पैसा ल्याई गर्यौ मस्ती मोज
फर्जी बिल बनाइ हरिया डलरको धेरै भो भतेर भोज

फुट्ला त्यो तिमीहरुको अजंगको भुडी
नखाऊ धेरै गरिबहरुको गाँस चुडी

देशलाई कंगाल बनाइ बिदेशीलाई देखायौ
सिप ज्ञान सिक्ने कोटामा आफ्ना मान्छे उडायौ

भन्छौ गर्दै छु देशमा निस्वार्थ समाजसेवा
तिमीहरु पलायन भैदिए देशलाई हुन्थ्यो नि निकै ठुलो टेवा

(देशका करिब नब्बे प्रतिशत NGO प्रति मात्र समर्पित)