Friday, July 24, 2015

९० सालको भुइचालो-- ब्रम्ह शम्सेर 1990 Earthquake by Brahma Shamser's Book

इन्टरनेट मा खोज्दा खोज्दै यो बहुमुल्य किताब पाए.. कसले तयार गर्यो थाहा भएन.. जसले तयार गरे नि उसलाई साधुबाद !!!

Wednesday, July 15, 2015

आर्थिक ऐन, २०७२ ले गरेका महत्वपूर्ण परिबर्तनहरु

महत्वपूर्ण परिबर्तन मात्र 


आयकर ऐन, २०५८ तर्फ


दफा ४(४) सानो ब्यबसाय गर्नेलाई करः संसोधन
बिस लाख सम्म कारोबार र दुई लाख सम्म आय हुनेको हकमा
गत बर्ष सम्म ऐनले निश्चित सर्त पुरा गर्ने प्राकृतिक ब्यक्तिले तोकेको सिमित रकम तिरेपछि अरु कर बुझाउनु तथा लेखापरिक्षण गराउनु पर्दैनथ्यो । यस बर्षबाट, कुनै प्राकृतिक ब्यक्ति मुल्य अभिबृद्धि करमा दर्ता भएको छ भने निजले अनिबार्य रुपमा आफ्नो ब्यबसायको लेखापरिक्षण गराई निजको ब्यबसायको आय बिबरण बुझाई सो बिबरण अनुसारको कर दाखिला गर्नुपर्ने ब्यबस्था थप भएको ।