Wednesday, July 15, 2015

आर्थिक ऐन, २०७२ ले गरेका महत्वपूर्ण परिबर्तनहरु

महत्वपूर्ण परिबर्तन मात्र 


आयकर ऐन, २०५८ तर्फ


दफा ४(४) सानो ब्यबसाय गर्नेलाई करः संसोधन
बिस लाख सम्म कारोबार र दुई लाख सम्म आय हुनेको हकमा
गत बर्ष सम्म ऐनले निश्चित सर्त पुरा गर्ने प्राकृतिक ब्यक्तिले तोकेको सिमित रकम तिरेपछि अरु कर बुझाउनु तथा लेखापरिक्षण गराउनु पर्दैनथ्यो । यस बर्षबाट, कुनै प्राकृतिक ब्यक्ति मुल्य अभिबृद्धि करमा दर्ता भएको छ भने निजले अनिबार्य रुपमा आफ्नो ब्यबसायको लेखापरिक्षण गराई निजको ब्यबसायको आय बिबरण बुझाई सो बिबरण अनुसारको कर दाखिला गर्नुपर्ने ब्यबस्था थप भएको ।


दफा ४(क) सानो ब्यबसाय गर्नेलाई करः थप गरिएको 

बिस लाख देखि पचास लाखसम्म कारोबार भएको प्राकृतिक ब्यक्तिको हकमा
देहायका कुनै अवस्था पुरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको वासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नु पर्ने कर अनुसूची –१ को दफा १ को उपदफा (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछ ः–
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
(ख) दफा ५१ बमोजिम औषधि उपचार खर्च वापत कर मिलान गर्न दावी नगरेको,
(ग) दफा ९३ बमोजिम अग्रिम कर कटृी दावी नगरेको,
(घ) व्यवसायको कारोबार वार्षिक बीस लाख रुपैयाँभन्दा बढी र पचास लाख रुपैयाँभन्दा घटी भएको,
(ङ) मूल्य अभिबृद्धि करमा दर्ता नभएको, र
(च) चिकित्सक, इञ्जिनियर, लेखा परीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको ।”
अनुसूची –१ को दफा १ को उपदफा (१७) बमोजिमको कर -थप गरिएको
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलब पाँच प्रतिशत
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको एक दशमलब पाँच प्रतिशत
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको दुई प्रतिशत । तर खण्ड (क), (ख) र (ग) मा उल्लेख गरिए बमोजिम कर गणना गर्दा पाँच हजार रुपैयाँभन्दा कम भएमा पाँच हजार रुपैयाँ ।”
कर कसरी तिर्ने त ? -थप गरिएको
यसरी कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ ः–

दाखिला गर्नु पर्ने मिति   
पुस महिनाको अन्त्यसम्म      
दाखिला गर्नु पर्ने कर रकम
पुस २० गतेसम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर

दाखिला गर्नु पर्ने मिति 
असार महिनाको अन्त्यसम्म    
दाखिला गर्नु पर्ने कर रकम
असार २० गते सम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

दफा ११ उद्योगलाई कर -थप गरिएको
वर्षभरी सय वा सो भन्दा बढि नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको बिशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई सो वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत मात्र कर लाग्नेछ ।

दफा १२ (ख) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र पुनर्निर्माण कोषमा योगदान खर्च - थप गरिएको
कुनै व्यक्तिले कुनै आय वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम सो वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ ।

दफा १६  भुकम्पको कारण भएको मर्मत सुधार खर्च - थप गरिएको
नेपाल सरकारले तोकेका भूकम्प प्रभावित जिल्लामा क्षति भएको सम्पत्तीकोे मर्मत सम्भार खर्चमा करदाताले चाहेमा समुहमा रहेको ह्रास आधार रकमको ७ प्रतिशतको सीमा आर्थिक वर्ष २०७३।७४ सम्मको लागि लागू हुने छैन ।

दफा ३१ दुर्घटना बापतको क्षतिपुर्ती  -थप गरिएको
(१) बासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारीरिक क्षति बापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नु पर्ने छैन र सो दुर्घटनाबाट भएको क्षतिको उपचारमा लागेको खर्च दफा ५१ बमोजिम औषधि उपचार बापत कर मिलान दाबी गर्न पाउने छैन ।
(२) प्राकृतिक व्यक्तिको मृत्यु बापत प्राप्त हुने क्षतिपूर्तिको रकम आयमा समावेश गर्नु पर्ने छैन ।”

दफा ८८ भाडा रकमको श्रोतमा कर कट्टि - थप गरिएको
मूल्य अभिबृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुुक्तानी गर्ने रकममा एक दशमलब पाँच प्रतिशतले कर कट्टी गर्नु पर्नेछ ।

दफा ९७ चालिस लाख भन्दा बढि आय भएमा अनिबार्य रुपमा कर बिबरण दाखिला गर्नुपर्ने -थप गरिएको 
प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा चालिस लाख रुपैयाँभन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ ।
दफा ११७ कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र बित्तिय बिबरण दाखिला नगरेमा जरिवाना -थप गरिएको
कर छुट प्राप्त संस्थाले तोकिएको म्यादभित्र (असोज भित्र) वित्तीय विवरण दाखिला नगरेमा आयमा देखाएको रकमको प्रति वर्ष शून्य दशमलब एक प्रतिशतका दरले हुने रकम जरिवाना लाग्नेछ ।

अनुसुची १ सामाजिक सुरक्षा कर सम्बन्धमा -(संसोधन)
एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तभरण बापतको आयमा सामाजिक सुरक्षा बापतको १ प्रतिशत कर लाग्ने छैन ।

अनुसुची १ स्वास्थ्य बीमा सम्बन्धी ब्यबस्था -थप गरिएको
कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ

करको दरः साबिक बमोजिम नै रहेको
प्राकृतिक ब्यक्तिको आयमा लाग्ने कर
                       एकल
आय                                                        करको दर
रु. २,५०,००० सम्म                                     १ प्रतिशत
रु २,५०,००० देखि ३,५०,००० सम्म                १५ प्रतिशत
रु. ३,५०,००० देखि २५,००,००० सम्म             २५ प्रतिशत
रु २५,००,००० भन्दा बढि                            ३५ प्रतिशत

                     दम्पत्ती
आय                                                       करको दर
रु. ३,००,००० सम्म                                   १ प्रतिशत
रु ३,००,००० देखि ४,००,००० सम्म              १५ प्रतिशत
रु. ४,००,००० देखि २५,००,००० सम्म           २५ प्रतिशत
रु २५,००,००० भन्दा बढि                          ३५ प्रतिशत

निश्चित रकम कर तिर्ने प्राकृतिक ब्यक्तिको हकमा (Presumptive Tax Payer)  साबिक बमोजिम नै
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा पाँच हजार रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ,
(ग) अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ ।

भाडाका सवारी सञ्चालन गर्नेको हकमा (संसोधन)
सवारीको किसिम प्रतिसवारी साधनमा बुझाउनुपर्ने वार्षिक कर
(क) मिनिबस, मिनि ट्रक, ट्रक र बस रु. ३,०००।–
(ख) कार, जिप, भ्यान, माइक्रो बस रु. २,४००।–
(ग) थ्रि ह्वीलर, अटो रिक्सा, टेम्पो रु. १,५५०।–
(घ) ट्रेक्टर र पावर टिलर रु. १०००।– 

मुल्य अभिबृद्धि कर ऐन, २०५२
मुल्य अभिबृद्धि करमा यस बर्ष थ्रेसहोल्ड बीस लाखबाट बृद्धि गरि पचास लाख पु¥याईएको छ । अर्थात बार्षिक पचास लाख सम्म मुल्य अभिबृद्धि कर लाग्ने बस्तु तथा सेवाको कारोबार गर्दा पनि भ्याटमा दर्ता हुनु पर्दैन । त्यसबाहेक मुअक ऐनमा यस बर्ष ठुलो परिबर्तन गरिएको छैन ।


यी बाहेक दुवै ऐनले सुराकीलाई तुरुन्तै रु. दश हजार दिन सक्ने अधिकार दिएको छ ।