Sunday, January 24, 2016

साझा सवाल हेरेपछि.....

माघ १० गते बेलुकी ९ बजे नेपाली टेलिभिजन कै एक चर्चित कार्यक्रम साझा सवाल हेरेपछि यो ब्लग नलेखि सुत्न मन नै लागेन । यो ब्लगमा, मैले साझा सवाल मार्फत काँचको पर्दामा देखाएको नेपाली समाजको  घटनाक्रमलाई आधार लिई बिश्लेषण गर्ने सोच बनाएको छु ।

प्रथमतः यस्तो बिशिष्ट प्रकारको कार्यक्रम गर्ने सोच ल्याउने ब्यक्तिलाई साधुबाद । यो कार्यक्रम हेर्दा धेरैलाई नेपालको बिकट तथा बिजोगको स्थिति देखियो भनेर चिन्ता पनि लाग्यो होला, जुन स्वभाबिक पनि छ । तर मलाई त्यो चिन्ताको साथसाथै, धेरै घटनाक्रमलाई शुक्ष्म तरिकाले नियाल्दा खुसी पनि लागेको छ ।

दुःखको कुरो सबैलाई थाहा छ, दुःख बुझ्न धेरै कठिनाई गर्नु पनि पर्दैन । मानबिय सोच भएका जो कोहिले पनि दुःखलाई सजिलै अनुभब गर्न सक्दछन् । त्यसैले म यहाँ दुःखको भन्दा पनि नेपालको समाजको हालको चरित्रबारे उल्लेख गर्नेछु ।