Saturday, July 19, 2014

खुसी के होला ?

“शेष,  तिमी खुसी हौ, टेन्सन लिदै नलेउ है ।” यसो भन्दै गर्दा मलाई यसो भन्ने मेरो साथी नै टेन्सन बोकिरहेकी थिइन । त्यसो भन्ने मान्छे त खुसी हुनुपर्ने हो नि तर उनीलाई त्यसबखत मैले कुनै पनि कोणबाट खुसी देखिरहेको थिइन । उनी मनमा बिभिन्न कुण्ठाहरु पालेर बसिरहेकी थिइन, न त्यो कसैसँग खोल्न सक्थिन न त्यसलाई ब्यबस्थित गर्न सक्थिन । आखिर मान्छे भित्र दुखी हुदाँहुदै किन बाहिर खुसी देखिन चाहन्छ ? त्यसपछि म सोच्न थाले, कतै म दुखी त छैन ? खुसी हुनु मात्र ठुलो कुरा हो कि अरु केहि छ ? आखिर के रहेछ त खुसी भनेको ? मान्छे कसरी बन्न सक्छ त खुसी ?