(तपाईले भ्याटमा दर्ता भएको NGO मा काम गर्नु भएको छ वा सोको कारोबारसँग सम्बन्धित हुनुहुन्छ भने तपाईले
सजिलै यो लेख बुझ्नुहुन्छ । यो लेख पढ्नु अघि यहि लेखसंग सम्बन्धित हाम्रो अघिल्लो लेख पढ्न हुन अनुरोध गर्दछु । अन्यथा यो लेख बुझ्नलाई तपाईलाई कठिनाई पर्न सक्छ । सो
कठिनाई प्रति अग्रिम क्षमा प्रार्थना गर्दछु ।)
NGO नि भ्याटमा दर्ता ?
NGO भ्याटमा दर्ता छ भनेर कसैले भन्यो भने
धेरै व्यक्तिको एउटै प्रश्नबाचक उत्तर आउछ, NGO नि भ्याटमा ?
NGO को काम समाज सेवा गर्ने कि व्यापार ?
मुल्य अभिबृद्धि निर्देशिका, २०६९ (संसोधन, २०७३
सहित) को ४.१९ मा नाफा नकमाउने उद्देश्यले स्थापना भएका संस्था तथा व्यक्ति
भ्याटमा दर्ता हुने सम्बन्धि व्यबस्था गरेको छ । यो व्यबस्थाले NGO लाई परिस्थिति हेरी अनिबार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यबस्था
समेत गरेको छ । अर्थात, सेवा गर्न भनेर खुलेको NGO नि परिस्थिति हेरेर कानूनअनुसार अनिबार्य भ्याटमा दर्ता हुनुपर्ने कानुनी
व्यबस्था रहेको छ ।
निर्देशिका अनुसार “मूल्य अभिवृद्धि कर ऐनले कर लाग्ने कारोवार गर्ने व्यक्ति र कर छुट हुने
कारोवार गर्ने व्यक्ति भनी विभाजन गरेको छ । नाफा नकमाउने उद्देश्यले स्थापना भएको
र आयकर ऐन बमोजिम कर छुटको प्रमाणपत्र प्राप्त गरेको संघ संस्थाले पनि कहिले काही
मूल्य अभिवृद्धि कर लाग्ने र नलाग्ने बस्तु तथा सेवाको कारोवार गरेको पाइन्छ ।
मूल्य अभिवृद्धि कर “कारोवारमा लाग्ने कर” भएकोले भ्याट लाग्ने कारोवारमा संलग्न जो सुकै व्यक्ति भए तापनि मुल्य
अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई आपुर्ति गर्नुपर्दछ ।”
अर्थात कुनै पनि कर छुट प्राप्त संस्थाले भ्याट लाग्ने
बस्तु तथा सेवाको तोकिएको सिमा भन्दा बढिको कारोबार गरेमा अनिबार्य रुपमा भ्याटमा
दर्ता भई कारोबार गर्नुपर्दछ । व्यवहारतः धेरै NGO हरुले परामर्श सेवाको कार्य गर्दछन् । कुनै पनि व्यक्ति
वा निकायले गत बाह्र महिनामा रु. बीस लाख वा सो भन्दा बढिको परामर्श सेवा वा पचास
लाख भन्दा बढिको भ्याट लाग्ने बस्तुको कारोबार गरेमा अनिबार्य रुपमा भ्याटमा दर्ता
भएर मात्र सेवा प्रदान गर्न सक्दछन् । त्यसैले “NGO नि
भ्याटमा ?” भन्ने प्रश्न नै कानून अनुसार गलत छ ।