आजभन्दा
ठिक चार बर्ष अघिको होली आजसम्म मैले खेलेका होली भन्दा एकदमै पृथक रह्यो । त्यस
समय एकै बर्ष दुई ठाँउमा दुई दिन होली खेलेको पहिलो अनुभब थियो । पहिलो दिन पहाडको
होली सल्यानमा खेलियो भने, दोश्रो दिन तराईको होली नेपालगञ्जमा खेलियो । होली
खेल्ने कुरामा भने पश्चिम नेपालको सल्यानमा खेल्ने होलीमा भने केहि नयाँपन देखिन, अरुतिर जस्तै, उस्तै बिकृती । तर भोलिपल्ट तराईमा झरेर
नेपालगञ्जमा खेलेको होली भने अहिले सम्मकै एकदमै अबिस्मरणिय रह्यो ।
Showing posts with label Tour Blog. Show all posts
Showing posts with label Tour Blog. Show all posts
Wednesday, March 4, 2015
Saturday, January 24, 2015
पहाडको बोक्रे बिकाश
करिब
तिन बर्ष अघिको घुम्ने रहर नै पुरा नगरि काठमाण्डौं फर्कनुपरेको कारणले खोटाङ घुम्ने कुरो मेरो रहर मा नै सिमित भईरहेको थियो । यसपाली त्यस्तै समय मिलाएर
खोटाङ पुग्दा त्यहा निकै नै धेरै फरक पाइयो । खोटाङ त नेपालको पहाडि जिल्लाको एक प्रतिनिधि क्षेत्रमात्र हो । अहिले नेपालका
पहाडि जिल्ला घुम्दा नेपालका धेरै पहाडी जिल्ला घुमेको पुरानो अनुभबलाई दिमागको
हार्डडिस्कबाट सधैको लागि मेटिदिए फरक नपर्ने भएछ अर्थात पुराना अनुभबहरु त यसरी
परिबर्तन भएछन कि तिनिहरु त अब कथा सुनाउन मात्र लायक भएछन । सबै कुरा नयाँ भएछन्, पहाडको पुरानो अबस्था त अब दन्त्य कथा भन्दा बढि केहि रहेनछ ।
एक हिसाबले मलाई यस्तो परिबर्तन देख्दा खुसी पनि लाग्यो, पहाडका मान्छेले मात्र दुःख पाउनु भनेको छ र ? तीनले पनि परिबर्तनको अनुभब गर्न पाउनुपर्छ भन्ने सोचले हेर्दा मन आनन्दित
हुन्छ । अर्को तर्फ पुरानो संस्कृति, रहनसहन लगायतका
कुराहरु मेटिएर नयाँ मात्र भए, पुरानो त पहाडमा पनि
संरक्षित नहुने भो नि हैन र ? तर मेरो निष्कर्षमा
हेर्दा पहाडमा बोक्रे परिबर्तन मात्र भएको छ ‘गुदि’ नै परिबर्तन भएको छैन । यसपाली मैले खोटाङ जादा देखेका रमाइला 'बोक्रे' परिबर्तन अर्थात मुख्य चाहिने कुरो दिगो रुपमा परिबर्तन नभई देखावटी परिबर्तन मात्र भएका छन् जसलाई हामी बिकाश भनेर अहिले सम्म बुझिरहेका छौं ।
Tuesday, September 16, 2014
एयरपोर्टमा एक घण्टा
एयरपोर्टमा बिदाईको लागि जान त मजा नै हुन्छ, तर फर्किने बेलामा खल्लो महसुस हुने भएकाले एयरपोर्ट बिदाईको लागि जानुनपरोस जस्तै लाग्छ । तर यसपाली फेरी एयरपोर्ट जानै पर्यो बिदाईको लागि । बिदाईको फोटो खिच्दा खिच्दै, मेरो दिमागमा एउटा फोटो ब्लग लेख्ने मुड सवार भयो । हुन त म कुनै राम्रो क्यामरा बोक्ने प्रोफेशनल फोटोग्राफर त होइन, तर पनि एयरपोर्टमा करिब एक घण्टा बस्दा देखेका दृष्यमध्ये मेरो मोबाइलले लिन भ्याएका केहि फोटाहरु यहाँ राखेको छु ।
Sunday, December 22, 2013
बि आर यस को बिशेष सम्झना
धेरै रमाईला र सम्झनायोग्य घटनाहरुको संयोग हुदै मेरो बि. आर. एस. को यात्रा टुङ्गिएको छ । नेपालका पचहत्तर मध्ये करिब पचपन्न जिल्लाको घुमघामको अनुभब मेरो दिमागमा ताजै छन् । नेपालका अधिकाश चर्चित ठाउ घुम्दाको अनुभब यो मानसपट्टलबाट सायदै मेटिएला । त्यस्तै एउटा एकदमै महत्वपुर्ण र साह्रै रमाइलो यात्राको अनुभब :
Thursday, August 22, 2013
Subscribe to:
Posts (Atom)
|
|


