About Me

म मेरो परिचय कहाँबाट सुरु गरौं । चिन्नेलाई त खुला किताब नै हुँ नचिन्नेलाई लोकार्पण गर्नु अघिको बन्द किताब जस्तै । मलाई नचिन्नेलाई पनि म एउटा खुल्ला किताब बन्न चाहन्छु ताकि मन लाग्नेले मलाई पढुन, पढेकाले नि मन परे आहा.. भनुन मन नपर्नेले नि झुर भनुन । तर खुला किताब बन्ने अभिप्रायले ब्लग लेख्छु, लेखिरहेको छु, लेखिरहनेछु ।

एउटा मान्छेको एक मात्र परिचय हुदै हुन्न | परिस्थिति अनुसार उसको परिचय परिबर्तन भैरहन्छ | त्यस्तै मेरो  पनि परिचय ठाउँ ठाउँमा नया नया भैरहन्छ | एउटा, दुईवटा जानकारीले त कसैलाई कसरी पो परिचय दिन्छ र ? त्यस्ता एउटै बिशेषता भएका मानिस यो संसारमा धेरै छन् । त्यसैले कहिल्यै नि अरुलाई बुझ्ने गरि आफुलाई चिनाउन सकिन्न जस्तो लाग्छ मलाई । त्यही पनि सामान्य रुपमा मलाई चिनाउदा यस प्रकार चिनाउने गर्छु:

नाम : शेष मणि दाहाल (छोटकरीमा शेष दाहाल प्रयोग गर्छु)
ठेगाना : हालको स्थाई ठेगाना, लोकन्थली, भक्तपुर
उमेर :  २४ श्रावण 
पेशा : आफ्नै लेखापरीक्षण फर्म छ, त्यसमै पूर्णकालीन काम गर्छु, त्यसका अतिरिक्त करमा बिशेष रुची छ, करका तालिम दिने, पढाउने, कर सम्बन्धि मिडियामा लेख लेख्ने, करकै बारेमा परामर्श दिने लगायत उठे देखि सुते सम्म कर सम्बन्धि नै पढ्ने, काम गर्ने, सिक्ने, सिकाउने
पढाई : CA (ICAN), MBS (TU), LLB (TU)

टर्निङ पोईन्ट : जिबनमा धेरैका आ आफ्नै टर्निङ प्वाईण्ट हुन्छन मेरो चाहि, ट्याक्सपर्ट मोबाईल एप्स बनाउने सोच दिमागमा आउनु, त्यो नि बेकामे भएर सुतिरहेको बेलामा । किनकी यसले तल्लो तहका करदातालाई करको बारेमा धेरथोर बुझ्नलाई ठुलो सहयोग गरेको छ । त्यस्तै, ट्याक्सपर्टको जन्मदाता हुँ भन्दा मेरो छाती नि गर्बले फुल्छ । नफुलोस पनि किन तपाईहरु जस्ता शुभचिन्तकले यो एप्सलाइ  माया गरेर प्रसंसा गरेर पठाएका सयौ इमेल र म्यासेजहरुमा लेखिएका हजारौ वाक्यहरु र फोन गरेर व्यक्त गरेका लाखौ शब्दहरु मेरो दिमागमा सुरक्षित छन |

प्रकाशित कृति : द पर्पल बुक अफ ट्याक्स, २०७५, २०७६, २०७७ (तीन संस्करण), द पर्पल बुक अफ प्रोभिन्स ट्याक्स, २०७७ (एक संस्करण) राष्ट्रिय पत्रिका तथा अनलाईनमा सयौं लेखहरु । एउटा उपन्यास लेख्दै छु, लेखि सकेको छैन, प्रकाशित हुन् कति समय लाग्छ त्यो नि थाहा छैन  |

पुरस्कार र सम्मान :  इन्डियाको प्रसिद्द अवार्ड इन्डिया सफ्टले नेपालमा सर्बसाधारणलाइ प्रबिधि मार्फत निशुल्क करको ज्ञान दिएको भन्दै सम्मान, ट्याक्सपर्टको सोचलाइ अमेरिकन दुताबास र नेपाल युवा उद्द्यमी मंचले संयुक्त रुपमा रिकग्नाइजेसन | सबैभन्दा ठुलो यहाँहरुको अथाह माया, बिश्वास अनि भरोसा |

ब्लगका बिषयहरु: केहि देखेका, केहि भोगेका, केहि सम्झेका, केहि बुझेका र केहि कल्पना गरेका कर सम्बन्धि, सम्बध, माया, प्रेम, साहित्य, यात्रा लगायतका जुनसुकै कुराहरु

जिन्दगीमा ठुलो चाहना : पेशागत हिसाबमा जिबनमा कर जस्तो जटिल बिषयलाइ एकदमै सरल बनाई तल्लो तहसम्म बुझाउन र सचेत बनाउन सके "म" हुनुले सार्थकता पाउने थियो ।

रहरहरु : घुम्नु, पढ्नु, पढाउनु, फोटोग्राफी (अहिलेसम्म ५ वटा देश र नेपालका ५७ जिल्ला घुमिएछ)


मेरो बारेमा पढ्दा, यो त घमण्डी टाइपको मान्छे रहेछ भन्ने लाग्ला ! मैले नै मेरो बारे लेखे पछी त तपाइलाई त्यस्तो लाग्नु स्वाभाविक नै मान्छु म | संसारमा आफुमा आफैलाई बिश्वास नभएको मान्छेलाइ म राम्रो मान्दिन | अरुले गलत भने नि आफु ठिक छु भन्ने लागे सम्म त्यो मान्छे दुखि हुनु पर्दैन | मेरो जिन्दगिको एक मात्र उद्द्देश्य भनेको पल पलमा खुसी हुनु हो, त्यसको लागि म हरपल मेहनत गरि रहेको हुन्छु | तर, म बास्तबिकतामा त्यस्तो घमण्डी भएको खालको मान्छे हैन भन्ने कुरामा चाही ढुक्क छु है !

मेरो बारेमा बुझ्न विभिन्न मेडियाहरुका समाचार, लेख र अन्तरबार्ताहरु नि सहयोगी हुन्छन कि !! केहि अरु लेखहरु यहि ब्लगको बाया तर्फ My Blog on Other Site अन्तर्गत छन ! त्यी लेखहरु केहि प्रतिनिधि लेख मात्र हुन | तपाइले इन्टरनेटमा र पुराना रास्ट्रिय स्तरका पत्रिका खोजि गरे मैले करिब २० बर्ष अगाडी देखि लेखेका सयौ लेख तथा सिर्जनाहरु पाउन सक्नुहुन्छ |

सायद यति नै काफी होला कि मलाई चिन्न अहिले लाई !!!

अरु केहि बुझ्न मन भए सम्पर्क गर्न नबिर्सिनु है !! रिप्लाई पक्का आउछ !

सम्पर्क माध्यम : Facebook, Twitter contact@smdahal.com.np, sheshmani.dahal@gmail.com

(तर कर सम्बन्धि जिज्ञासाको लागि सम्पर्क गर्न खोज्नु भएको हो भने यी माध्यमबाट तपाइको समस्याको समाधान चाहि आउदैन है । विशुद्ध समाजिक सञ्जाल सामाजिक प्रयोजनका लागि मात्र प्रयोग गर्छु ।)

२०७७ मंसिरको अन्तिम अपडेट