Sunday, December 22, 2013

बि आर यस को बिशेष सम्झना

धेरै रमाईला र सम्झनायोग्य घटनाहरुको संयोग हुदै मेरो बि. आर. एस. को यात्रा टुङ्गिएको छ । नेपालका पचहत्तर मध्ये करिब पचपन्न जिल्लाको घुमघामको अनुभब मेरो दिमागमा ताजै छन् । नेपालका अधिकाश चर्चित ठाउ घुम्दाको अनुभब यो मानसपट्टलबाट सायदै मेटिएला । त्यस्तै एउटा एकदमै महत्वपुर्ण र साह्रै रमाइलो यात्राको अनुभब :


दुई बर्ष अघि, म र संगम  ( मेरो त्यो कामको जुझारु साथी ) अफिसको कामले म्याग्दिको बेनि पुगेका थियौं, त्यतिकैमा मलाई मुक्तिनाथ मन्दिर जाने सोच आयो तर आँट भने आएन अफिसको डरले... किनकी केहि पनि कुराका पुर्ण जिम्मेवारी जो सिनियर भएर गएको हुन्थ्यो उसैको हुने भएकाले मलाई आँट गर्न गाह्रो पर्यो । यो कुरा मैले संगम लाई भने उ पनि जान त खुब मन गर्यो तर सुरुमा त डरायो पछि  मलाई आट दियो र भन्यो “ जाउ जाउ, तिन दिनको काम एक दिनमा सकौला, रिपोर्ट फर्किएपछि रातभर बसेर लेख्नुपर्छ..  यस्तो अबसर फेरी आउदैन, गाली खाए एकपटक खाईन्छ रमाईलो भए सधैलाई ।” यो कुरा हामीले त्यहाँका कर्मचारी प्रमुखसँग राख्यौ उहाले एकदम खुसिसाथ समर्थन गर्दै आबस्यक सम्पुर्ण सहयोग गर्ने बचन दिएपछि त हामी एकदम धेरै उत्साहित भयौं । हाम्रो योजनामा पुर्णसाथ, सहयोग र उत्साह दिने त्यहाका कर्मचारी प्रमुख ठुलो धन्यबादका पात्र छन्, जसले अबिस्मरणीय यात्रामा अबिस्मरणिय साथ दिए ।

बिहान आठ बजेदेखि काम गर्न थालेको बेलुकाको आठ बजे काम सकेर भोलिपल्ट बिहानै हाम्रो यात्रा जोमसोम तिर अघि बढ्यो । त्यो माघ महिनाको मध्य समयमा परेको हिँउको मनोरम दृष्य जुन हेरेर कहिल्यै अघाइदैन त्यसको मजा लिदै (मुस्तांगको रमाइलो हेर्न यहा क्लिक गनुहोला), साथसाथै थोरै अफिसको डर मनको कुनामा पाल्दै यात्रा गर्न कम्ति मजा आएन । कागबेनीबाट उकालो लाग्दै थियौं मेरो मोबाइलमा घण्टी बज्यो, यसो हेरेको त अफिसको फोन, डर लागि लागि उठाएको त कहा हुनुहुन्छ भन्ने प्रश्न तेर्सियो मैले नि बेनीमा काम गर्दै छौं भन्दिए समस्या समाधान भइहाल्यो । रमाइलो नि धेरै गरियो, जुन लेखेर र भनेर कहिल्यै सकिदैन । फोटोहरु पनि धेरै नै खिचियो । त्यो हिऊले सेताम्सुर भएका डाडाहरु, बेलुकीपख मान्छे उडाउने गरी आएको हावा, मरेको पहाड अर्थात केहि उम्रन नसक्ने डाडा हरु, बग्दै गर्दा जमेका खोलाहरु मुस्तांगका आकर्षक पक्ष हुन जस्तो लाग्छ । हामीले कतिसम्म अनुभब गर्न पाइयो भने त्यहा चल्ने जिपमा चिसोले गर्दा इन्जिन चिसो बनाउने पानी जमेर पानीको प्रबाह रोकिइ गाडीको इन्जिन तातेर गाडि समेत चल्न नसक्दो रहेछ । मुक्तिनाथ गएर त्यस्तो चिसोमा १०८ धारामा नुहाई हामी जोमसोम फर्किएपछि, संगमले फोटोहरु फेसबुकमा अपडेट गर्ने बतायो । मलाई डर लाग्यो र मैले रोके अफिसकाले थाहा पाए भने त मार्छन् पछि काठमाण्डौं फर्किएपछि परिस्थिति हेरेर फोटो हालौला बरु स्टाटस अपडेट गरौ, स्टाटस त जहाँबाट नि जे नि हाल्न सकिन्छ तर फोटो.... भन्दै स्टाटस अपलोड गरियो । जोमसोमै बजारमा बाह्र बजे हावा सरर....

हाम्रो यात्रा हामे योजना भन्दा एक दिन बढि लाग्यो । हामी डराउदै थियौं । हामी बेनी बाट पोखरा आइपुगेका थियौं, नभन्दै सरको फोनबाट गाली बर्सिहाल्यो, तिमीहरु कता हराएका, घुमेर बस्छौ कि काम गछौं भन्दै...... फोनमा त मिलाएर ढाटियो.. हैन सर काम गर्दै थियौं अलिकति समस्या आएर हो सर भन्दै... गाली खाएपछि त हामी झन मख्ख किनकी अब समस्याको समाधान भइसक्यो अब अरु समस्या पर्दैन भन्दै..
अनि रातभरी बसेर रिपोर्ट लेख्दै त्यहाको काम सक्दै त्यो जिन्दगीको एक अबिस्मरणीय यात्रा समाप्त भयो । तर अहिले पनि यो यात्राको सम्झना यो मानसपट्टलमा एकदमै ताजा छ ।

यस्तै गरी रमाईलो, डर, आँट, खुसी साट्दा साट्दै तिन बर्ष त कति छिटो बितेछ पत्तै भएन । रमाइलो मा साथ दिने सबैलाई धन्यवाद ।।।