नेपाल कति रमणिय छ भन्नेकुरा सुनेर मात्र कहिल्यै अनुभब गर्न सकिदैन । त्यसका लागि प्रकृतिलाई नजिकबाट अनुभब गर्नैपर्दछ । आउनुहोस आज हामी मुस्ताङको मुस्कानलाई अनुभब गर्न मुस्ताङतिर लागौं ।
 |
मुस्तांग जाने बाटो को लेते भन्ने ठाउँ बाट देखएको मनमोहक दृश्य |
 |
आहा कति मनमोहक हिमाल.. जोमसोम जाने बाटोमा |
काठमाण्डौंबाट एकदिनको यात्रामा पुगिने बेनी बजारबाट मुस्ताङको अनुभब गर्न सुरु गर्न सकिन्छ । बिहान ७ बजेको बसबाट जोमसोम तिरको यात्रा सुरु हुन्छ । बाटाका रमाईला डाडापाखा हेर्दै सुरु हुने बसको अफ्ट्यारो र डरलाग्दो बाटो पनि आखै अगाडिको टिलिल्ल टल्किएका हिमालले कता बिर्साइ दिन्छ कता थाहै हुदैन ।
 |
काली गण्डकी को किनारै किनार.. जोमसोम तिर |
 |
त्यसै "मुस्तांग " अर्थात् मरेको पहाड भनेको हैन.. केहि उम्रिन नसक्ने गरि मरेको छ पहाड |
त्यस दिन जोमसोममा थकाई मारेर भोलिपल्ट हामी मुक्तिनाथ मन्दिर तिरको यात्रामा निस्कन्छौं । त्यो यात्रा झन रमाईलो बन्दै जान्छ, जब तपाई माथि तिर लाग्नुहुन्छ तलतिरको यात्रा तपाईले सम्झिए त्यो फिक्का लाग्न थाल्छ । जति हेरे नि नअघाउने सौन्दर्य देखेर यो मनमा असन्तुष्टि बढेर जान्छ ।
 |
कति चिसो होला त हेर्नुस.. बग्दै गरेको कालिगण्डकी नै जम्यो.. |
 |
कति चिसो होला त हेर्नुस.. बग्दै गरेको कालिगण्डकी नै जम्यो.. |
 |
यति सुन्दर ठाउँ पृथ्वीमा कतै होला र भन्या ?? |
कहिलेकाहि त लाग्छ, संसारको सन्तुष्ट मान्छे नि त्यहा पुगे यो सौन्दर्यसँग असन्तुष्ट भएर नै फर्कन्छ, यसमा दुई मत छैन ।
 |
हरियाली केहि नभए पनि कति सुन्दर छ मुस्तांग को मुस्कान
 |
बल्ल आइपुगियो मुक्तिनाथ मन्दिर.. |
\
 |
माथि पट्टिको भागबाट मुक्तिनाथ मन्दिर |
|
 |
मुक्तिनाथ पुगेपछि जोसुकै पर्यटक नि आफुलाई स्वर्ग पुगेको अनुभव गर्दै यसरि नै हराउन चाहन्छ.. |
मलाई लाग्छ जो मान्छे एकपटक मुस्तांग पुग्छ र प्रकृति को आनन्द प्राप्त गर्छ, उसले जिन्दगीमा जिउदै स्वर्गको स्वर्गीय आनन्द प्राप्त गर्ने भाग्यमानी बन्छ .. साच्चै मुस्तांग पुगेर मुस्तांग को मुस्कान संग नभुल्ने मान्छे त मैले बाचुन्जेल देख्न त पाउदिन होला.. त्यसैले संसारको एउटा भाग्यमानी मान्छे बन्न तपाई किन ढिला ??