Tuesday, June 4, 2019

लासको माया

म कहिलेकाही जिन्दगीको गहिरो मजा लिई शान्त अनुभब गर्न पशुपति आर्यघाट पुग्छु, आज त्यसरी पुग्दा मैले नचिनेको एक युबक आफ्नी श्रीमतीलाइ ब्रम्हानालमा सुताएको देख्दा सम्हालिन नसकेर पटक पटक मुर्छा परेको नजिकबाट अनुभब गरे, जसले मलाई पनि भाबुक बनायो उनको पिडा र अनुभबलाइ मैले तुरुन्तै मेरो शब्दमा उतार्न प्रयास गरे:

धेरै चिज थाहा छ मलाई, न बोल्न सक्छु म
तिमीलाई कस्तो छ भनि, न सोध्न सक्छु म
तिमी के गर्दै छौ प्रिय, न जान्न सक्छु म
तिम्रो अगाडी आफ्नो पिडा, न खोल्न सक्छु म

गैसकेकी तिमीलाइ सगै राखौ, लास भन्छन सबैले
तिम्रो लागि कति धेरै माया छ, मात्र बुझछन कमैले
जिन्दगी भरी संगै जिउने मर्ने कसम थियो हाम्रो
एक्लै मलाई छोडी गयौ, के स्वार्थ थियो तिम्रो

दिनमा त म तिमीबाट टाढा हुन्छु, कतै अलमल गरी
रात म कसरी बिताउ प्रिय, बोलिदेउ न कसै गरी
यो मुटुमा खोल्न नसक्ने कसिलो गाँठो पर्यो
यो पिडा कसरी कता लुकाउ, बाँच्न निकै साह्रो पर्यो

एक्लो थिए, दोक्लो बनाइ, फेरी मलाई एक्लो बनायौ
आफ्नै आमा जसरी माया गरी, मलाई तिमीमा हरायौ
खुसी के हो बुझाउदै थियौ, बुझ्दै थिए म
खरानी भयो जिबन मेरो, के गरि सम्हालु म

सुति रहेको थिए, एक्कासी मलाई झस्काएर बोलायौ
जुरुक्क उठी के भो भन्दा, खोइ तिमी कता हरायौ
संसारमा एक्लै छोडी छोडी जानु थियो भने
किन यो दुई दिने रंगिन माया जालमा फसायौ

भो अब सम्झिन्न म, गार्हो पर्ला तिमीलाई
जता पुग्यौ खुसीले बस, साह्रो पर्ला तिमीलाई
दैबले दया गरि थोरै खुसि दियो भने
तिमी संगै आउछु प्रिय साथ् दिन तिमीलाई

२०७६.०२.२१
७:०० बजे बेलुका
पशुपति आर्यघाट