Tuesday, June 4, 2019

लासको माया

म कहिलेकाही जिन्दगीको गहिरो मजा लिई शान्त अनुभब गर्न पशुपति आर्यघाट पुग्छु, आज त्यसरी पुग्दा मैले नचिनेको एक युबक आफ्नी श्रीमतीलाइ ब्रम्हानालमा सुताएको देख्दा सम्हालिन नसकेर पटक पटक मुर्छा परेको नजिकबाट अनुभब गरे, जसले मलाई पनि भाबुक बनायो उनको पिडा र अनुभबलाइ मैले तुरुन्तै मेरो शब्दमा उतार्न प्रयास गरे:

धेरै चिज थाहा छ मलाई, न बोल्न सक्छु म
तिमीलाई कस्तो छ भनि, न सोध्न सक्छु म
तिमी के गर्दै छौ प्रिय, न जान्न सक्छु म
तिम्रो अगाडी आफ्नो पिडा, न खोल्न सक्छु म

Thursday, April 12, 2018

महालेखा परीक्षकले करका सम्बन्धमा निकालेको नीतिगत तथा ब्यबहारिक बेरुजु

महालेखा परीक्षकले आर्थिक बर्ष २०७३.७४ को लेखा परिक्षण गरि आफ्नो प्रतिबेदन सार्बजनिक गरेको छ | त्यो प्रतिबेदनको "करको क्षेत्र" मात्र समाबेश गरेर यहाँ राखेको छु |


Saturday, January 6, 2018

अनुमानित कर विवरण वेबसाइटबाटै कसरी बुझाउने? (बिस्तृतमा फोटो सहित)

अनुमानित कर विवरण बुझाउनु पर्ने व्यक्ति

आयकर ऐन, २०५८ अनुसार बार्षिक सात हजार पाँच सय भन्दा बढिको कर दायित्व भएका करदाताले आफ्नो व्यबसाय वा लगानीबाट हुने कुल आय तथा करयोग्य आय खुलाई आफ्नो अनुमानित कर विवरण पौष मसान्त भित्र बुझाउनु पर्दछ । रोजगारीबाट आय हुने वा व्यवसाय नोक्सानीमा भएका करदाताले कानुनतः अनुमानित कर विवरण बुझाउनु पर्दैन ।

कानूनतः अनुमानित कर विवरणको आधारमा करदाताले आफुले बुझाउनुपर्ने किस्ताबन्दिमा कर दाखिला गर्नुपर्दछ । उदाहरणको लागि, कुनै करदाताले करयोग्य आय एक लाख देखायो भने त्यसको चालिस प्रतिसतले हुने रकम अर्थात चालिस हजार पौष मसान्त भित्र बुझाउनु पर्दछ । यदि आफ्नो अनुमानित कारोबारमा परिबर्तन हुने भएमा कानूनतः फेरी परिबर्तित अनुमानित कर विवरण बुझाउनु पर्दछ तर व्यबहारमा यो परिबर्तित विवरण बुझाउने चलन खासै छैन ।


अनुमानित कर विवरण नबुझाएमा के हुन्छ ?

अनुमानित कर विवरण नबुझाएमा कर अधिकृतले रु. ५००० वा कारोबार रकमको ०.०१ प्रतिशतमा जुन बढी हुन्छ सो जरीवाना गर्न सक्दछ । हाल यो जरीवाना गर्न कर कार्यालयहरुले कडाई गर्दै लगेका छन् ।


कसरी बुझाउने अनुमानित कर विवरण ?

अहिले आन्तरिक राजस्व विभागले अनुमानित कर विवरण अनलाईनबाटै बुझ्ने व्यबस्था गरेको छ । अनलाईनबाट विवरण बुझाउने तरिका विस्तृतमा तल प्रस्तुत गरिएको छ ।
सबै भन्दा पहिले, आन्तरिक राजस्व बिभागको वेबसाइटमा जानुहोस । तलको जस्तो पेज देख्नुहुन्छ । त्यसपछि, तल निलो घेरा लगाएको करदाता पोर्टलमा क्लिक गर्नुहोस 





Thursday, January 4, 2018

कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्ने कागजातहरु

कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु:
§  कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी
§  कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ ।
§  संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।

Wednesday, December 27, 2017

NGO मा भ्याट, भ्रम, बास्तविकता र समस्याहरु

(तपाईले भ्याटमा दर्ता भएको NGO मा काम गर्नु भएको छ वा सोको कारोबारसँग सम्बन्धित हुनुहुन्छ भने तपाईले सजिलै यो लेख बुझ्नुहुन्छ । यो लेख पढ्नु अघि यहि लेखसंग सम्बन्धित हाम्रो अघिल्लो लेख पढ्न हुन अनुरोध गर्दछु  अन्यथा यो लेख बुझ्नलाई तपाईलाई कठिनाई पर्न सक्छ । सो कठिनाई प्रति अग्रिम क्षमा प्रार्थना गर्दछु ।)

NGO नि भ्याटमा दर्ता ?
NGO भ्याटमा दर्ता छ भनेर कसैले भन्यो भने धेरै व्यक्तिको एउटै प्रश्नबाचक उत्तर आउछ, NGO नि भ्याटमा ? NGO को काम समाज सेवा गर्ने कि व्यापार ?

मुल्य अभिबृद्धि निर्देशिका, २०६९ (संसोधन, २०७३ सहित) को ४.१९ मा नाफा नकमाउने उद्देश्यले स्थापना भएका संस्था तथा व्यक्ति भ्याटमा दर्ता हुने सम्बन्धि व्यबस्था गरेको छ । यो व्यबस्थाले NGO लाई परिस्थिति हेरी अनिबार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यबस्था समेत गरेको छ । अर्थात, सेवा गर्न भनेर खुलेको NGO नि परिस्थिति हेरेर कानूनअनुसार अनिबार्य भ्याटमा दर्ता हुनुपर्ने कानुनी व्यबस्था रहेको छ ।

निर्देशिका अनुसार मूल्य अभिवृद्धि कर ऐनले कर लाग्ने कारोवार गर्ने व्यक्ति र कर छुट हुने कारोवार गर्ने व्यक्ति भनी विभाजन गरेको छ । नाफा नकमाउने उद्देश्यले स्थापना भएको र आयकर ऐन बमोजिम कर छुटको प्रमाणपत्र प्राप्त गरेको संघ संस्थाले पनि कहिले काही मूल्य अभिवृद्धि कर लाग्ने र नलाग्ने बस्तु तथा सेवाको कारोवार गरेको पाइन्छ । मूल्य अभिवृद्धि कर कारोवारमा लाग्ने करभएकोले भ्याट लाग्ने कारोवारमा संलग्न जो सुकै व्यक्ति भए तापनि मुल्य अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई आपुर्ति गर्नुपर्दछ ।

अर्थात कुनै पनि कर छुट प्राप्त संस्थाले भ्याट लाग्ने बस्तु तथा सेवाको तोकिएको सिमा भन्दा बढिको कारोबार गरेमा अनिबार्य रुपमा भ्याटमा दर्ता भई कारोबार गर्नुपर्दछ । व्यवहारतः धेरै NGO हरुले परामर्श सेवाको कार्य गर्दछन् । कुनै पनि व्यक्ति वा निकायले गत बाह्र महिनामा रु. बीस लाख वा सो भन्दा बढिको परामर्श सेवा वा पचास लाख भन्दा बढिको भ्याट लाग्ने बस्तुको कारोबार गरेमा अनिबार्य रुपमा भ्याटमा दर्ता भएर मात्र सेवा प्रदान गर्न सक्दछन् । त्यसैले “NGO नि भ्याटमा ?” भन्ने प्रश्न नै कानून अनुसार गलत छ ।