Sunday, April 13, 2014

शुभकामना ७१ सालको

पुराना दिनलाई बिदा गर्न
मिलि गरौ बाईबाई
उत्साह साटौ नया दिनसँग
गरौ जोडदार हाईहाई

उत्साह, उमङ्ग र खुसीको
आओस जिबनमा बाढि
बोक्नु नपरोस शोक, भोक र पिरको
निकै सानो पनि भारी

आगामी दिन भरियोस जिबन हर्षले
सफलता चुमोस आउने बर्षले
पुगोस सबैको भित्रि मनोकामना
यहि छ मेरो ७१ सालको मुरीमुरी शुभकामना :) :) :)

Sunday, December 22, 2013

बि आर यस को बिशेष सम्झना

धेरै रमाईला र सम्झनायोग्य घटनाहरुको संयोग हुदै मेरो बि. आर. एस. को यात्रा टुङ्गिएको छ । नेपालका पचहत्तर मध्ये करिब पचपन्न जिल्लाको घुमघामको अनुभब मेरो दिमागमा ताजै छन् । नेपालका अधिकाश चर्चित ठाउ घुम्दाको अनुभब यो मानसपट्टलबाट सायदै मेटिएला । त्यस्तै एउटा एकदमै महत्वपुर्ण र साह्रै रमाइलो यात्राको अनुभब :

Sunday, November 3, 2013

तिहार

बत्तिको झिलिमिली
फूलको सुगन्ध
देउसीको देउसुरे
झुसियालिको बुलन्द

आयो है दिवाली
उत्साह बोकेर
बास गर्नेछिन् लक्ष्मीले
खुसियाली जोखेर

रंगीचंगी होस् जिन्दगी
सप्तरंग जस्तै
दुखी हुनु नपरोस
समस्या परे नि कस्तै

खुसि र उत्साहले भरियोस जिबन
होस् सजिलै दुखको सामना
चिताएका सबै कुरा पुगुन
दिपावली २०७० को शुभकामना :) :)

Friday, September 6, 2013

नेपालका NGO

कति लुट्न सक्छौ देश लुट NGO
देश लुटेरा भनि तिमीहरु सर्बत्र कहलियौ

चुस चुस कति सक्छौ देश मा आएको धन
जति खाए नि नअघाउने तिमीहरुको कति पापी मन

विदेश बाट पैसा ल्याई गर्यौ मस्ती मोज
फर्जी बिल बनाइ हरिया डलरको धेरै भो भतेर भोज

फुट्ला त्यो तिमीहरुको अजंगको भुडी
नखाऊ धेरै गरिबहरुको गाँस चुडी

देशलाई कंगाल बनाइ बिदेशीलाई देखायौ
सिप ज्ञान सिक्ने कोटामा आफ्ना मान्छे उडायौ

भन्छौ गर्दै छु देशमा निस्वार्थ समाजसेवा
तिमीहरु पलायन भैदिए देशलाई हुन्थ्यो नि निकै ठुलो टेवा

(देशका करिब नब्बे प्रतिशत NGO प्रति मात्र समर्पित)

Thursday, August 22, 2013

मुस्तांग को मुस्कान


नेपाल कति रमणिय छ भन्नेकुरा सुनेर मात्र कहिल्यै अनुभब गर्न सकिदैन । त्यसका लागि प्रकृतिलाई नजिकबाट अनुभब गर्नैपर्दछ । आउनुहोस आज हामी मुस्ताङको मुस्कानलाई अनुभब गर्न मुस्ताङतिर लागौं ।

मुस्तांग जाने बाटो को लेते भन्ने ठाउँ बाट देखएको मनमोहक दृश्य