Thursday, August 18, 2016

लेखानीति र टिप्पणी तयार गर्ने आधार एवं उदाहरणहरु


कम्पनी ऐन २०६३ को दफा १०८ ले कुनै पनि कम्पनीले आफ्नो लेखा दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टीङ्ग स्ट्याण्डर्ड) र यस ऐनबमोजिम पालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था अनुरुप राख्नु पर्नेछ भन्ने ब्यबस्था गरेको छ ।

अर्थात, सबै कम्पनीले नेपाल लेखामान अन्तर्गत आफ्नो कम्पनीको लेखा राख्नुपर्ने बाध्यकारी ब्यबस्था ऐनले गरेको छ । त्यस्तै सोहि ऐनको दफा ११५ अनुसार लेखापरिक्षकले कम्पनीको वित्तिय विवरण माथि आफनो राय ब्यक्त गर्दा सो वित्तिय विवरण प्रचलित कानूनबमोजिम निर्धारण गरिएको लेखामान अनुरुप तयार भए वा नभएको र त्यस्ता विवरणहरू कम्पनीले राखेको लेखासँग दुरुस्त रहे वा नरहेको खुलाउनुपर्ने ब्यबस्था गरेको छ ।
कम्पनीले आफ्नो वित्तिय विवरण तयार गर्दा र त्यसमाथि लेखापरिक्षकले आफ्नो राय ब्यक्त गर्दा लेखामान अनुुसार छ कि छैन एकिन गर्नुपर्दछ । कानुनतः कम्पनीको हकमा मात्र लेखा राख्दा नेपाल लेखामान अनिबार्य हुन्छ, अन्य निकायहरु जस्तै सहकारी, साझेदारी, एकलौटी फर्मको लेखा राख्दा कानुनतः लेखामान अनिबार्य हुदैन । तर, वित्तिय विबरण सबैले बुझ्न सकुन, तुलनात्मक अध्ययन गर्दा सजिलो होस भनेर त्यस्ता निकायको लेखा राख्दा लेखामान ऐच्छिक रुपमा स्विकार गर्न सकिन्छ । आयकर ऐनको दफा २२ ले आयकर प्रयोजनका लागि ऐनले तोकेको आधारमा लेखांकन गर्नुपर्ने र नतोकिएको अवस्थामा लेखाको सामान्य प्रचलित सिद्दान्त अनुसार गर्नुपर्ने भनि व्यवस्था गरेको र नेपाल लेखामानलाई नै लेखाको सामान्य प्रचलित सिद्दान्त लिइने भएकाले कम्पनी बाहेकका फर्म, निकाय आदिले समेत नेपाल लेखामान अनुसार लेखा राख्नु उपर्युक्त हुन्छ ।

नयाँ जारी गरिएका नेपाल लेखामान (NAS) लाई “नेपाल वित्तिय प्रतिबेदनमान (NFRS)” भनिन्छ, तर नेपाल लेखामान वा नेपाल वित्तिय प्रतिबेदनमान जे भनेपनि नेपाल लेखामान बोर्ड (Accounting Standards Board) बाट जारी भएका नेपाल लेखामान, नेपाल वित्तिय प्रतिबेदनमान एबं Guidance Note हरु सम्पूर्ण लाई जनाउछ ।
यो लेखमा हामी बित्तिय विवरण तयार गर्दाका आधारभूत मान्यताहरु एवं खास गरि लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु बारे चर्चा गर्नेछौ ।

Sunday, February 21, 2016

टेलिभिजनमा पनि देखिएं है

मेरो जिबन कै पहिलो टेलिभिजन अन्तरबार्ता पनि सहभागी भए । सुरुमा त अरु क्यामेरा देख्ने बित्तिकै निकै डराउछन रे भन्ने सुन्दा कता कता डर लागेको थियो । तर पछि जब स्टुडियोमा बोल्न थाले डर त कता गएछ गएछ । पुरै आत्मविश्वासले बोले जस्तो लागेको छ, जुन तपाइले यो अन्तर्वार्तामा नि देख्न सक्नु हुन्छ ।

#TAXpert को बारेमा, मेरो बारेमा र नेपालको कानुनि व्यबस्थाको बारेमा यो अन्तरबार्तामा थप प्रस्ट पार्ने प्रयास गरेको छु । रहर नै रहरमा सहभागी भएको यो टिभी टुडे टेलिभिजनकोअर्थसरोकार कार्यक्रमको  अन्तरबार्ता तपाईलाई कस्तो लाग्यो ? कृपया जानकारी दिनु होला है ।

Sunday, January 24, 2016

साझा सवाल हेरेपछि.....

माघ १० गते बेलुकी ९ बजे नेपाली टेलिभिजन कै एक चर्चित कार्यक्रम साझा सवाल हेरेपछि यो ब्लग नलेखि सुत्न मन नै लागेन । यो ब्लगमा, मैले साझा सवाल मार्फत काँचको पर्दामा देखाएको नेपाली समाजको  घटनाक्रमलाई आधार लिई बिश्लेषण गर्ने सोच बनाएको छु ।

प्रथमतः यस्तो बिशिष्ट प्रकारको कार्यक्रम गर्ने सोच ल्याउने ब्यक्तिलाई साधुबाद । यो कार्यक्रम हेर्दा धेरैलाई नेपालको बिकट तथा बिजोगको स्थिति देखियो भनेर चिन्ता पनि लाग्यो होला, जुन स्वभाबिक पनि छ । तर मलाई त्यो चिन्ताको साथसाथै, धेरै घटनाक्रमलाई शुक्ष्म तरिकाले नियाल्दा खुसी पनि लागेको छ ।

दुःखको कुरो सबैलाई थाहा छ, दुःख बुझ्न धेरै कठिनाई गर्नु पनि पर्दैन । मानबिय सोच भएका जो कोहिले पनि दुःखलाई सजिलै अनुभब गर्न सक्दछन् । त्यसैले म यहाँ दुःखको भन्दा पनि नेपालको समाजको हालको चरित्रबारे उल्लेख गर्नेछु ।

Monday, December 7, 2015

जो सँग सम्बन्धित छ

धर्तीकी फूल जस्ती तिमी
पुर्णिमाकी जुन जस्ती तिमी
मेरो लागि दुर्लभ उपहार तिमी
संसारकी अमुल्य सुन जस्ती तिमी

Monday, September 21, 2015

गोरु ब्याउनु पर्छ भन्थे, संबिधान त आयो !!!

आज नेपालीलाई भाग्यमानी जनता मान्नुपर्छ, किन भन्दा संबिधान आयो भनेर मात्र होईन । आज नेपाली जनताले आफ्ना नेताले गर्दा खुसियाली साट्न पाएका छन त्यो नि जिबनमा सायदै पहिलो पल्ट होला । यस्तो खुसियालीको बेला कहिल्यै लोडसेडिङ नहुने ठाँउ धादिङबेसी आईपुगिएको छ । यो ठाँउ आउदा आज तिहारको लक्ष्मीपुजा हो कि अन्य कुनै समय छुट्याउन गाह्रो भईरहेको छ ।