Thursday, August 21, 2014

देखेका पात्र @ हस्पिटल

दिन कटाउन गाह्रो भैरहेको बेला, हस्पिटल को बेडमा बसेर पुराना ब्लगहरु खोलेर हेरेको धेरै ब्लगहरु होटलको बेडमा बसेर लेखिएछ, आज कताकता हस्पिटलको बेडमा बस्दा, एउटा ब्लग लेख्ने मुड आयो । मेरो लागि एकदमै नयाँ अनुभुति । बिषय के त भन्दा अप्रेसन गरि दश दिन हस्पिटल बस्दा वरिपरि देखेका अबिस्मरणिय घटना तथा पात्रको सम्झना ।

Saturday, July 19, 2014

खुसी के होला ?

“शेष,  तिमी खुसी हौ, टेन्सन लिदै नलेउ है ।” यसो भन्दै गर्दा मलाई यसो भन्ने मेरो साथी नै टेन्सन बोकिरहेकी थिइन । त्यसो भन्ने मान्छे त खुसी हुनुपर्ने हो नि तर उनीलाई त्यसबखत मैले कुनै पनि कोणबाट खुसी देखिरहेको थिइन । उनी मनमा बिभिन्न कुण्ठाहरु पालेर बसिरहेकी थिइन, न त्यो कसैसँग खोल्न सक्थिन न त्यसलाई ब्यबस्थित गर्न सक्थिन । आखिर मान्छे भित्र दुखी हुदाँहुदै किन बाहिर खुसी देखिन चाहन्छ ? त्यसपछि म सोच्न थाले, कतै म दुखी त छैन ? खुसी हुनु मात्र ठुलो कुरा हो कि अरु केहि छ ? आखिर के रहेछ त खुसी भनेको ? मान्छे कसरी बन्न सक्छ त खुसी ? 

Friday, June 20, 2014

What is "Dahal" as per Internet Research ?

What means Dahal?
The meaning of Dahal is unknown.

Dahal spelled backwards is Lahad.
This name has 5 letters: 2 vowels (40.00%) and 3 consonants (60.00%).

The name Dahal has a web popularity of 3,800,000 pages.

Sunday, April 13, 2014

शुभकामना ७१ सालको

पुराना दिनलाई बिदा गर्न
मिलि गरौ बाईबाई
उत्साह साटौ नया दिनसँग
गरौ जोडदार हाईहाई

उत्साह, उमङ्ग र खुसीको
आओस जिबनमा बाढि
बोक्नु नपरोस शोक, भोक र पिरको
निकै सानो पनि भारी

आगामी दिन भरियोस जिबन हर्षले
सफलता चुमोस आउने बर्षले
पुगोस सबैको भित्रि मनोकामना
यहि छ मेरो ७१ सालको मुरीमुरी शुभकामना :) :) :)

Sunday, December 22, 2013

बि आर यस को बिशेष सम्झना

धेरै रमाईला र सम्झनायोग्य घटनाहरुको संयोग हुदै मेरो बि. आर. एस. को यात्रा टुङ्गिएको छ । नेपालका पचहत्तर मध्ये करिब पचपन्न जिल्लाको घुमघामको अनुभब मेरो दिमागमा ताजै छन् । नेपालका अधिकाश चर्चित ठाउ घुम्दाको अनुभब यो मानसपट्टलबाट सायदै मेटिएला । त्यस्तै एउटा एकदमै महत्वपुर्ण र साह्रै रमाइलो यात्राको अनुभब :