Wednesday, March 4, 2015

होली होस त नेपालगन्जको जस्तो...

आजभन्दा ठिक चार बर्ष अघिको होली आजसम्म मैले खेलेका होली भन्दा एकदमै पृथक रह्यो । त्यस समय एकै बर्ष दुई ठाँउमा दुई दिन होली खेलेको पहिलो अनुभब थियो । पहिलो दिन पहाडको होली सल्यानमा खेलियो भने, दोश्रो दिन तराईको होली नेपालगञ्जमा खेलियो । होली खेल्ने कुरामा भने पश्चिम नेपालको सल्यानमा खेल्ने होलीमा भने केहि नयाँपन देखिन, अरुतिर जस्तै, उस्तै बिकृती । तर भोलिपल्ट तराईमा झरेर नेपालगञ्जमा खेलेको होली भने अहिले सम्मकै एकदमै अबिस्मरणिय रह्यो ।

Tuesday, February 17, 2015

आकस्मिक सेवामा यस्तो हेलचेक्राई आखिर कहिलेसम्म?

कपास उद्योगमा भएको आगलागीमा मैले जे भोगें

शनिबार बेलुकीको बीबीसी नेपाली सेवाको कार्यक्रम रेडियोमा बजिरहेको थियो। एक्कासी बाहिर केहि मान्छेहरु कराएको आवाज सुनियो। के भएको रहेछ भनेर बाहिर हेर्दा, मेरो कोठाबाट नजिकै निकै ठूलो आगलागी भइरहेको थियो। आगोको मुस्लो निकै माथिसम्म निकै साह्रो गरि दन्किरहेको थियो।
म हत्तपत्त कोठा बाहिर निस्केँ, र के गर्ने नगर्ने अलमलमा परेँ। दाजुले दमकललाई फोन गर्दिऊ भन्यो। खल्तिबाट मोबाईल निकालेर दमकलको आकस्मिक सेवा नं. १०१ मा फोन गरे कुनै पनि हालतमा फोन लागेन। केहि नलागेपछि, मैले प्रहरीको हटलाईन १०० मा फोन गरे। त्यसमा पनि उहि ब्यस्तको टोन बजिरह्यो। लगातारको प्रयास सफल नभइरहदा आखैं अगाडि निकै डरलाग्दो आगो दन्किरहेको थियो।

Saturday, January 24, 2015

पहाडको बोक्रे बिकाश

करिब तिन बर्ष अघिको घुम्ने रहर नै पुरा नगरि काठमाण्डौं फर्कनुपरेको कारणले खोटाङ घुम्ने कुरो मेरो रहर मा नै सिमित भईरहेको थियो । यसपाली त्यस्तै समय मिलाएर खोटाङ पुग्दा त्यहा निकै नै धेरै फरक पाइयो । खोटाङ त नेपालको पहाडि जिल्लाको एक प्रतिनिधि क्षेत्रमात्र हो । अहिले नेपालका पहाडि जिल्ला घुम्दा नेपालका धेरै पहाडी जिल्ला घुमेको पुरानो अनुभबलाई दिमागको हार्डडिस्कबाट सधैको लागि मेटिदिए फरक नपर्ने भएछ अर्थात पुराना अनुभबहरु त यसरी परिबर्तन भएछन कि तिनिहरु त अब कथा सुनाउन मात्र लायक भएछन । सबै कुरा नयाँ भएछन्पहाडको पुरानो अबस्था त अब दन्त्य कथा भन्दा बढि केहि रहेनछ । 

एक हिसाबले मलाई यस्तो परिबर्तन देख्दा खुसी पनि लाग्योपहाडका मान्छेले मात्र दुःख पाउनु भनेको छ र ? तीनले पनि परिबर्तनको अनुभब गर्न पाउनुपर्छ भन्ने सोचले हेर्दा मन आनन्दित हुन्छ । अर्को तर्फ पुरानो संस्कृतिरहनसहन लगायतका कुराहरु मेटिएर नयाँ मात्र भएपुरानो त पहाडमा पनि संरक्षित नहुने भो नि हैन र ? तर मेरो निष्कर्षमा हेर्दा पहाडमा बोक्रे परिबर्तन मात्र भएको छ ‘गुदि’ नै परिबर्तन भएको छैन । यसपाली मैले खोटाङ जादा देखेका रमाइला 'बोक्रे' परिबर्तन अर्थात मुख्य चाहिने कुरो दिगो रुपमा परिबर्तन नभई देखावटी परिबर्तन मात्र भएका छन् जसलाई हामी बिकाश भनेर अहिले सम्म बुझिरहेका छौं 

Friday, January 2, 2015

ती मरेका यात्रुको हत्यारा को हो?

उदयपुरको घुर्मीबाट कटारी आँउदा बसमा दुई वा तिनवटा टिकट काट्दा कोहि यात्रु बिरामी वा अशक्त छ भनेर बिशेष आग्रह गर्नुभयो भने एउटा सिटको टिकट पाउनुहुन्छ। बाँकी अरु सबै यात्रु कि त उभिएर कि त छतमा यात्रा गर्नुपर्छ। गाडी यति खराब हुन्छ कि कुनै उकालो आउन लाग्यो भने चालकले सिटमा बसे बाहेकका सबै यात्रुलाई ओर्लिएर उकालो चढ्नु भन्छन अनि गाडी उकालो लगाउँछन्। गाडी कुनै कारणले उकालो चढ्न सकेन भने दुर्घटना हुनेमा कुनै शंका नै हुन्न। यस्तो स्थिति रहदा पनि स्थानीय निकाय आँखामा पट्टि बाधेर बसेका छन्।
००
सुनसरीको ईटहरीबाट छोटो दुरीको गन्तब्यमा बिक्रम ट्याम्पो चल्छ। ती काठमाडौंबाट ट्याम्पो उन्मुलन गर्दा निस्कासित भएका ट्याम्पोहरु हुन्। ती ट्याम्पोहरु यति असुरक्षित छन् कि ती कुनैमा पनि राम्रो गरि ब्रेक लाग्दैन। दुईसय मिटर पर रोक्नलाई वरबाट नै ब्रेक लगाउनुपर्छ, नत्र कुनै हालतमा रोकिन्न। तर पनि स्थानीय प्रशासनले यी ट्याम्पो उपर न त प्रतिबन्ध लगाएको छ न त कारबाही नै। 
००
चितवनको नारायणघाटबाट काठमाडौंलाई केहि समय अघिसम्म माईक्रोहरु पालोमा बस्नैपर्ने त्यस्तो कडा कानुन थिएन त्यसैले पर्याप्त मात्रामा माइक्रो छुट्दा यात्रुलाई आराम थियोे। यात्रुहरु दलाल गरिगरि कतिमा लाने, सिट छ कि छैन भनेर रु तीन देखि चार सयमा काठमाडौं आउथे। तर अहिले माइक्रोको संघले स्थानीय प्रहरीसँग मिलेर त्यसरी पालो मिचेर हिड्ने माइक्रोलाई समातेर कारबाही गर्ने ‘कडा’ नियम बनायो। त्यसबापत संघले एउटा माईक्रो छुटे बापत ट्राफिक प्रहरीलाई रु १०० ‘रोयल्टि’ दिने भद्र सहमति गर्यो। अहिले काठमाडौंको लागि हरेक माइक्रोको सिट भरिएपछि मात्र छोड्ने भएकाले यात्रुले अहिले रु छ देखि सात सयसम्म तिर्नुपर्छ र बाटोमा चढ्नेले सिट पनि पाउदैनन्। एउटा माइक्रोको पालो सातामा दुईपल्ट आउदो रहेछ, यता काम नपाएर माईक्रोहरु ग्यारेजमा थन्काएर राख्नुपर्ने उता यात्रुहरु सिट नपाएर बिजोगको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अबस्था रहेको छ।
००
काठमाडौंमा चाबहिलको गोपिकृष्ण हल नजिकैबाट महाराजगञ्ज, पुतलिसडक, नयाँ बानेश्वर हुदै कोटेश्वर बालकुमारी पुलसम्म नेपाल यातायात नाम गरेको सवारी साधन चल्छ। त्यो गाडी यति भरिभराउ हुन्छ कि त्यसमा जम्मा पन्ध्र यात्रु अट्ने सिट क्षमता छ, तर त्यसमा कम्तिमा पनि तीन गुणा बढी यात्रु यात्रा गरि रहेका हुन्छन। त्यो गाडी किन त्यति कोचामकोच हुन्छ भन्दा त्यो नेपाल यातायात समितिले तीनदेखि पाँच मिनेटको अन्तरमा (यात्रुको चाप हुने समय अनुसार) मात्र अर्को गाडी छुट्न अनुमति दिन्छ। यो रुटमा सिट भएको गाडीमा मात्र यात्रा गर्छु भन्यो भने कि त सो यात्रु सो गाडी चल्ने स्थान (गोपिकृष्ण वा बालकुमारी पुल) सम्म जानुपर्छ नत्र बाटोमा नै रुँघेको रुँघै हुन्छ। काठमाडौं भित्र यति साह्रो अत्याचार हुँदा नि सरकारी निकाय यसबारे बेखबर झै भएका छन्। बिहान बेलकै त्यहि गाडीबाट यात्रा गर्ने सरकारी अधिकारीहरुले सो गाडी तथा समितिलाई कारबाही गर्न अहिले सम्म जरुरत ठानेका छैनन्।

Tuesday, December 23, 2014

Wrong application of Depreciation Policy in Nepal

What is Depreciation?
Depreciation is the systematic allocation of the depreciable amount of an assets over its useful life. The depreciable amount is determined after deducting its residual value. The following four factors are considered in determining the useful life of an assets:
  • Expected use of assets.
  • Expected physical wear and tear.
  • Technical or commercial obsolescence arising from changes or improvements in production or from a change in the market demand for the product or service output of the assets.
  • Legal or similar limit on the use of assets, such as the expiry dates of related leases.
To calculate the depreciation amount, we shall select correct depreciation method based on the nature of an organization. Expected future economic benefit of the assets used by entity should be reflected by the depreciation method used by the entity. Different depreciation methods can be used to allocate the depreciable amount of an assets on a systematic basis over its useful life. However, Nepal Accounting Standard (NAS) suggests three method to depreciate assets on systematic basis namely: Straight Line Method, Diminishing Balance Method and Units of Production Method. The entity shall select the method that most closely reflects, the expected pattern of consumption of the asset embodying economic benefit. [Source: Nepal Accounting Standard (NAS)]