Sunday, June 23, 2013

कालो पैसा कुनै समस्या ??

“नेपालमा पैसा कमाउन साह्रै सजिलो छ, तर त्यसलाई सेतो पो कसरी बनाउनु, अख्तियारको आँखा लागे त खरानी नै भइन्छ” मेरा एक सरकारी जागिर खाने मित्रले दुःख पोख्दै भने । उनको कुरा सुन्दा लाग्छ कि उनको कमाउने कुनै सिमा छैन, मात्र समस्या छ कि त्यो कालो पैसालाई कसरी सेतो बनाउने र अख्तियारको आँखाबाट टाढा रहने ।
यस्तो समस्या मेरा मित्रलाई मात्र नभई धेरैको समस्या रहदै आएको छ । यदि तपाईले कमाएको कालो धनलाई तपाईले कानुनी रुपमा कमाएको पुस्टि गर्नसके त्यो धन तपाईको सेतो धनको रुपमा परिबर्तन हुन सक्दछ । मैले यस्तै समस्याको सेरोफेरोमा रहि नेपालको कानुन खोतल्दा कालो पैसालाई कानुनी रुपमा बैध सम्पत्ती बनाउन नेपालमा धेरै कानुनी कमजोरीहरु रहेको पत्ता लगाएको छु । केहि ज्यादै न्युन लागतमा उपलब्ध कानुनी कमजोरीहरु निम्नानुसार छन् ।

कानुनी कमजोरी १: कालो प्लेटको सवारी साधन

सबैभन्दा कम लागतमा कालो सम्पत्ती लाई बैध सम्पत्ती यो उत्तम कमजोरीको रुपमा यो कमजोरीलाई लिन सकिन्छ । नेपालको आयकर ऐन, २०५८ को अनुसुचि १ को दफा १(१३) अनुसार तपाईले सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा तपार्ईले सो सवारी साधनबाट जति रकम कमाएपनि यसरी तिरेको कर नै अन्तिम हुने छ । बार्षिक रुपमा बुझाउनुपर्ने कर यसप्रकार छ ।
(क) मिनिबस, मिनि ट्रक, ट्रक र बस रु. १,५००।–
(ख) कार, जिप, भ्यान, माइक्रो बस रु. १,२००।–
(ग) थ्रि ह्विलर, अटो रिक्सा, टेम्पो रु. ८५०।–
(घ) ट्रेक्टर र पावर टिलर रु. ७५०।–
अब तपाईले आफ्नो कालो धनलाई कालो प्लेटको सवारी साधनबाट कमाएको सम्पत्तीको रुपमा चित्रित गर्दै कर बिबरण भर्नुहोला । यसका लागि तपाईको आफ्नै नाममा सवारी साधन दर्ता हुनु पर्दछ । मानौ, तपाईको रु. एक करोड कालो धनलाई सेतो धन बनाउनुपर्ने भएमा, तपाईले कर बिबरण भर्दा त्यो रकमलाई कालो प्लेटको सवारी साधन आय भएको रकम भनि प्रस्तुत गर्नुपर्दछ । तर याद गर्नुहोला, त्यो रकम प्राकृतिक रुपमा प्राप्त भएको आय जस्तो देखिनु पर्दछ ।

कानुनी कमजोरी २: रेमिट्यान्स आय

बर्तमान स्थितिमा बैदेशिक रोजगारीमा नगएको घर परिवार भेट्न हम्मे हम्मे पर्छ । नेपालको आयकर ऐन अनुसार कोहि ब्यक्ति ३६५ दिनको अबधिमा १८३ दिन वा सो भन्दा बढि अबधि बिदेशमा बसेर आय आर्जन गरेको रकममा नेपालमा कर लाग्दैन । यो कानुनी कमजोरीको उपयोग गर्न तपाईको कालो धनलाई तपाईले बिदेशबाट प्राप्त आयको  रुपमा चित्रित गर्नुपर्दछ । यसरी चित्रित गर्दा तपाईले केहि औपचारीकता भने पुरा गर्नै पर्ने हुन्छ, जस्तो कि तपाईले तपाईको कालो भनलाई बिदेशबाट प्राप्त भएको आय भनि प्रमाणित गर्न सक्नुपर्दछ । यसरी प्रमाणित गर्न तपाई वा तपाईको परिवारको कोहि ब्यक्ति बिदेशमा अनिबार्य १८३ दिन भन्दा बढि बसोबास गरि आय आर्जन गरेको हुनुपर्दछ । अब, तपाईले आफ्नो कालो धनलाई हुन्डी वा अन्य अनौपचारीक बाटोबाट बिदेश पठाउनुहोस । त्यसपछि, तपाई वा तपाईको ब्यक्तिले त्यो रकमलाई रेमीट्यान्स, बैक मार्फत वा कुनै औपचारीक माध्यमबाट नेपाल पठाउनुहोस । यस्तो भएमा तपाईको कालो धन बिदेशमा कमाएको आय जस्तो देखिन्छ, जसले गर्दा कुनै तपाई बिरुद्घ अनुसन्धान भएमा पनि त्यो सम्पत्तिको बास्तबिक श्रोत पत्ता लगाउन करीब करीब असम्भब जस्तै हुन्छ ।