Thursday, January 19, 2017

टेलिभिजनमा अतिथि प्रस्तोताको अनुभब

कार्यक्रम अर्थ सरोकार,
मुल जिम्मेवारी: कार्यक्रममा अतिथिसँग शेयर बजारको बारेमा छलफल चालाएर निष्कर्ष निकाल्ने
अतिथिः एक जुझारु लगानीकर्ता बैकुण्ठ राज आचार्य
टेलिभिजन: टिभी टुडे
प्रस्तोता: "म"




म सञ्चारका साधनसँग नजिकिदा खुसी हुने मान्छे, त्यस्तै खुसी हुनलाई फेरी एकपटक नजिकिएको छु । अर्थात जिबनकै पहिलो अनुभब टेलिभिजनमा अतिथि कार्यक्रम प्रस्तोताको रुपमा एउटा कार्यक्रम त्यो नि प्रत्यक्ष रूपमा (LIVE), मेरो भाषामा भन्दा सफलतापुर्बक सम्पन्न गरेको छु (सफल भए कि भईन छुट्याउने काम तपाई दर्शकहरुको) ।

कार्यक्रमको सुरुमा अलिअलि डराएजस्तो, अक्मकिएजस्तो, दोधारमा परेजस्तो देखिन्छ । अलिअलि अफ्ट्यारो नि परेको हो । के बोल्ने बोल्ने भयो । नियमित प्रस्तोता भए पो, ठ्याक्कै के बोल्ने याद हुदो रहेछ, त्यसमाथि मलाई लाखौले हेरिरहेका छन् भन्ने सोचेपछि कुरै बेग्लै ।

तर जब कार्यक्रम नियमित रुपमा अगाडि बढ्यो, कार्यक्रमले राम्रो गति लिईहाल्यो । सजिलै गरी सञ्चालन गरे जस्तो लाग्छ, विच विचमा पनि क्रस प्रश्नहरु सजिलै सोधे जस्तो लाग्यो । तर बिश्लेषण गरेर सल्लाह दिने काम तपाईहरुको ।