Monday, December 7, 2015

जो सँग सम्बन्धित छ

धर्तीकी फूल जस्ती तिमी
पुर्णिमाकी जुन जस्ती तिमी
मेरो लागि दुर्लभ उपहार तिमी
संसारकी अमुल्य सुन जस्ती तिमी


भन्यौ तिमीले मेरो बारे कबिता लेख्दिनु
साथै थप्यौ, त्यो कबिता अरुलाई नि भन्दिनु
हो म गर्छु, भन्छु तिम्रो त्यो चाहाना
त्यसैले त पुरा गर्दैछु बिना कुनै सानो बाहाना

पर्लक्क आँखा पल्टाएर हेर्ने त्यो कर्के नजर
डण्डिफोर टुपुक्क पलाएको त्यो तिम्रो अधर
भुतुक्क हुन्छन तिमीलाई सम्झने सबै
झन के होला, तिमीले गाँउदा त्यो मिठो गजल

सानी नानी, बच्ची, फुच्ची भन्छन सबैले
तर तिम्रो माया आत्मियता र क्षमता बुझ्छन कमैले
कमै बुझ्नेमा म परे जस्तो छ,
यो कबिताको उपहार अहिले हो कि भरे जस्तो छ ।

(एउटा सस्थाको कार्यक्रममा मैले कबिता लेख्छु भन्ने थाहा पाएपछी , सहभागीले गरेको बेजोड आग्रहमा , छोटो समयमा लेखिएको कबिता )