Saturday, January 24, 2015

पहाडको बोक्रे बिकाश

करिब तिन बर्ष अघिको घुम्ने रहर नै पुरा नगरि काठमाण्डौं फर्कनुपरेको कारणले खोटाङ घुम्ने कुरो मेरो रहर मा नै सिमित भईरहेको थियो । यसपाली त्यस्तै समय मिलाएर खोटाङ पुग्दा त्यहा निकै नै धेरै फरक पाइयो । खोटाङ त नेपालको पहाडि जिल्लाको एक प्रतिनिधि क्षेत्रमात्र हो । अहिले नेपालका पहाडि जिल्ला घुम्दा नेपालका धेरै पहाडी जिल्ला घुमेको पुरानो अनुभबलाई दिमागको हार्डडिस्कबाट सधैको लागि मेटिदिए फरक नपर्ने भएछ अर्थात पुराना अनुभबहरु त यसरी परिबर्तन भएछन कि तिनिहरु त अब कथा सुनाउन मात्र लायक भएछन । सबै कुरा नयाँ भएछन्पहाडको पुरानो अबस्था त अब दन्त्य कथा भन्दा बढि केहि रहेनछ । 

एक हिसाबले मलाई यस्तो परिबर्तन देख्दा खुसी पनि लाग्योपहाडका मान्छेले मात्र दुःख पाउनु भनेको छ र ? तीनले पनि परिबर्तनको अनुभब गर्न पाउनुपर्छ भन्ने सोचले हेर्दा मन आनन्दित हुन्छ । अर्को तर्फ पुरानो संस्कृतिरहनसहन लगायतका कुराहरु मेटिएर नयाँ मात्र भएपुरानो त पहाडमा पनि संरक्षित नहुने भो नि हैन र ? तर मेरो निष्कर्षमा हेर्दा पहाडमा बोक्रे परिबर्तन मात्र भएको छ ‘गुदि’ नै परिबर्तन भएको छैन । यसपाली मैले खोटाङ जादा देखेका रमाइला 'बोक्रे' परिबर्तन अर्थात मुख्य चाहिने कुरो दिगो रुपमा परिबर्तन नभई देखावटी परिबर्तन मात्र भएका छन् जसलाई हामी बिकाश भनेर अहिले सम्म बुझिरहेका छौं 

पानी पाइन्नरक्सी जताततै
यसपाली खोटाङ्मा अचम्म नै अनुभब गरियो । नेपाल बिकाश हुन लागेको हो कि उधो मैले अहिलेसम्म छुट्टाउन सकेको छैन । हामीले एक रात बिताएको हलेसीस्थान भन्ने गा.बि.स.मा पानीको हाहाकार रहेछ । निकै तलबाट माथि बजारसम्म पानी बोकेर लग्नुपर्दो रहेछ त्यो नि निकै लामो लाइन बसेर । त्यो ठाउमा पानी नपाए नि नाम चलेका रक्सी बियरहरु जति पनि पाइदो रहेछ । त्यस ठाँउ मात्र होइनपहाडको लामो यात्रा गर्दा जहा पनि प्रशस्त मात्रामा रक्सि बियरहरु पाइदो रहेछ त्यो नि छानीछानी ।
तिन बर्ष अघि पनि यति औधि मात्रामा बियररक्सीको कारोबार सो ठाँउहरुमा देखेको थिइन । तर अचम्म नै पर्ने गरि यसपाली रक्सीको कारोबार देखियो । बरु काठमाण्डौमा जताततै रक्सि पाइदैन तर त्यहा जुनसुकै पसलमा रक्सि किन्न पाइन्छ त्यो नि काठमाण्डौ कै हाराहारीको खुद्रा मुल्यमा । पहिले त लोकल रक्सि बिक्थ्योतर अहिले त लोकल रक्सि एकादेशको कथा हुन लागेछआफ्नो जातजातीको पुजा गर्नलाई मात्र । त्यसको सबै बजार काठमाण्डौबाट पुर्याइएका ब्राण्डेड रक्सिले खाइदिएछन । 

मध्य पहाडि लोकमार्ग VS  बि पी राजमार्ग
मेडियामा एकदमै छाइरहने दुई राजमार्गहरु नेपाल सरकारले बनाएको मध्य पहाडी लोकमार्ग र जापानले बनाइदिएको बिपि राजमार्ग । यी दुबै मार्गमा लामो यात्रा गरियो । दुइवटै गजब बनेका रहेछन । ती दुबैलाई नजिकबाट नियाल्न पाइयो । जापानले बनाई दिएको मार्ग हेर्दा एकदमै आकर्षक र छेउछाउको बाताबरणलाई सुरक्षा गर्दै बनाइएको र घुमउरो भएनि सुरक्षित रहेछ । यो त निकै नै दह्रो तरिकाले बनाइएको रहेछ । तर मध्य पहाडी लोकमार्गमा यो तिनवटै कुरा छैनन त्यो देख्दा आकर्षक छ न त दह्रो न त सुरक्षित नै । एकदमै टालटुले तरिकाले काम गरिएको रहेछ । कहिले पहिरो झर्ने हो र सडक भत्किने हो थाहा छैन । 
जापानले त्यो बाटो हामीलाई निःशुल्क त बनाइदियो तर त्यो अहिले निल्नु न ओकल्नु भएको रहेछ । न दुईवटा गाडि सजिलै कट्छन न लामो गाडि तथा मालबाहक त्यो बाटो भएर यात्रा गर्न सक्छन यो त केबल म्युजियममा राख्ने खालको एकदमै चिटिक्क परेको बाटो मात्र भयो । केबल हेरेर मन सन्तुष्टि गर्ने । तर नेपाल सरकारले लगानी गरेको मध्य पहाडी लोकमार्ग भने अलि ठुलो छदुईवटा गाडिहरु सजिलै आवत जावत गर्न सक्छन । पुल पनि ठुलो छर बटुवा हिड्ने ठाउ नि छुट्टाएको छ । तर यो बाटो कालोपत्रे गरिएको बाहेक सडकमा आबश्यक केहि कुरा नि छैन । यसमा गर्ने यात्रा एकदमै असुरक्षित छ ।
यसरी यी दुई बाटोको तुलना गर्दानेपालमा न त बिदेशीले नेपालको आबश्यकता बुझेर काम गर्दा रहेछन न त सरकारले जनताको सुरक्षा हेरेर राम्रो र दह्रो काम गर्दो रहेछ । जसो गरे नि स्वदेशी वा बिदेशी लगानी बालुवामा पानी जस्तै गरि पोखिरहेको रहेछबिना कुनै उचित प्रतिफल ।

गरिखान भन्दा ठगिखान सिकाएछन
म खोटाङ गएको समय सरस्वती पुजाभन्दा केहि दिन अघि थियो । जादाँ कुनै पनि बिद्यालयको नजिक गाडि पुग्यो कि बिद्यार्थीको समुहले गाडी रोकि सरस्वती पुजाको लागि चन्दा भन्दै उठाइरहेका थिए । कुनै एउटा गाडिले कम्तीमा पनि हलेसीसम्म पुग्दा ७ ठाँउभन्दा बढि ठाँउमा चन्दा बुझाउनु पर्ने ।
एक ठाँउमा हामी चढेको गाडिको चालक दिक्क भई पैसा दिन्न भन्दा राम्ररी सिगान पनि पुछ्न पनि नजान्ने बिद्यार्थीहरु धम्कीको भाषामा त्यसोभए यो गाडि अघि बढ््दैन भन्न थाले । अनि मैले त्यहा भए मध्येका अलि ठुला बिद्यार्थीलाई सोधे, 'बाबु यसरी पैसा उठाएर सरस्वती पुजा गर्यो भने पढ्न आउछ हो ?' उसले टाउको कन्याउदै जवाफ दियो ‘खोई‘ सरले हामीलाई त अह्राउनु भएको हो पैसा उठाउनलाई । त्यसपछि चालक झन रिसाए को हो अह्राउने सरयहा बोला म कुरो गर्छु भन्न थाले त्यसपछि बिद्यार्थीले डराउदै अबरोध हटाएर गाडि जान दिए । त्यसपछि मैले चालकसँग जिज्ञासा राखेँयीनले अहिलेमात्र यसरी अबरोध गरेका कि अरुबेला नि यस्तै हो ? मेरो प्रश्न झर्न नपाउदै रिसाएका चालकले भनेयस्तै हो हजुर बाह्रै महिना गाडिमा त पैसै फल्छ जस्तो गर्छनयहा बहाना मात्र चाहिन्छ पैसा उठाउन रोक्न थालिहाल्छन । मैले सोधे किन दिनुहुन्छ त ? उनी भन्छननदिएर के गर्नु ? गाडि जान दिन्ननत्यस्तै परे गाडिमा नै क्षति पुर्याउछन् । त्यो भन्दा त बरु अलिअलि पैसा दियो आफ्नो बाटो लाग्योआज चाहि अलि अति नै भएर म रिसाएको ।
हाम्रो कस्तो सस्कार होचन्दा उठाएर देउता पुजा गरे बिद्या आउने नत्र नआउने । अरुलाई दुख नदिई आफुलाई सुख हुन्न भन्ने गलत मानसिकताबाट हामी कति ग्रसित रहेछौ यहिबाट नि प्रमाणित हुन्छ । पुजा गर्न पैसै चाहिएपनि ती बिद्यार्थीलाई कुनै सिर्जनसिल कार्यमा लगाएर त्यसबाट आएको पैसाले पुजा गरे त देउता पनि खुसी हुन्थे होला नि । त्यसो गर्दा पैसा कमाउन निकै गाह्रो हुदो रहेछकाम नगरि पैसा कमाउन सकिदैन रहेछ भन्ने कुरा त ती अबोध कलिला बालबालिकाको दिमागमा छाप बनेर बस्थ्यो नि । एउटा डोरी टाँगेर थर्काएको भरमा पैसा कमाउन सकिने कुरा ती अबोधको दिमागमा परेपछि तीनले भबिस्यमा के गर्लान ? तीनले कुनै दिन दुख गरेर पैसा कमाउने सोच राख्लान त ? त्यसैले त भनिन्छनेपालमा सबैले ठगि खान त सिकाए तर गरिखान कसैले सिकाएन ।

धेरै बिकाश भएछ तर 'गुदी' बिनाको
लगभग दुई बर्ष अघि अर्को पहाडि जिल्लाको भ्रमणमा जादामैले होटलवालालाई अनुरोध गरेको थिए कति पैसा लिनुहुन्छ म दिन्छु मलाई राम्रो बस्ने कोठाको ब्यबस्था गरिदिनु । मैले त्यसो भन्दा कोठा त्यहि हो यहा खाना खानुपर्छ कोठाको पैसा तिनुपर्दैन । कोठाको पनि के पैसा लिनु भनेर होटलवालाले उडुसले टोक्ने खाटमा मलाई सुत्ने व्यवस्था गरेका थिएरातभर उडुसले टोकेर हैरान भएको म पहाडमा बस्ने भन्ने बित्तिकै त्यो क्षणले त्रसित हुन्थे । यसपाली पनि कोठा हेर्न जानुअघि उडुस लाग्छ कि लाग्दैन भनेर होटलवालालाई केरकार गर्दालाग्दैन भनेपछि कोठामा बसियो ।  अब पैसा तिर्छु भन्दा त्यस्तो उडुस नलाग्ने खाटमा सुत्न पाइने भएछ  । यसपाली अर्को कुरा नि के अनुभब गरियो भनेअब पहाडी क्षेत्रमा ब्यापारिक सोच सुरु भएछ । धेरै होटललजहरु खुलेछनब्यापरिक केन्द्रहरुमा मान्छेको चहलपहल बढ्न थालेछजिबन शैलि परिबर्तन भएछ । यो पनि बिकाशको शुभ संकेत हो ।
यस्ता धेरै क्षेत्रहरुमा ब्यापारिक सोचले त्यस क्षेत्र छिट्टै बिकाश हुन्छ । तर पहाडको बिकाशमा मैले ‘गुदि’ बिनाको खोक्रो बिकाश मात्र देखे । मान्छेले ठाँउ अनुसारको पो बिकाश खोज्नुपर्दछ त । त्यहा बाइक करिब घरैपच्छे हुन थालेछन् । तर ती बाइकको मुख्य काम भनेको पानी बोक्ने र दिसा पिसाब गर्नलाई जंगल जाने । तराईमा मोटरसाइकल चढे भनेर पहाडको पनि बाटो नपुगेको ठाँउका घरले पनि मोटरसाइकल किन्ने त प्रतिस्पर्धा नै चलेको रहेछ । पल्सर २२० सिसिभि आर बाइकमा पानी बोकेर र  ट्वाइलेट गएर बिकाश खोज्दा कस्तो बिकाश पाइएला ? मैले त अनुमान नै गर्न सकिन । त्यत्रो बाइकप्रेट्रोल खर्च गरेर पानीको र चर्पीको समाधान निकाल्नुभन्दा अन्य बिकल्प लगाएको भए निकै सस्तोमा स्थाइत्व दिने प्रकारको बिकाश आउथ्यो होला नि ।

बिकाश भनेको त जिबनस्तर उकास्ने र अलिकति भए नि आरामको जिन्दगी बिताउने माध्यम हो । युवा गाउमा भेट्नै मुस्किल भएछभएका मध्येको अधिकाशको काम भनेको गाउमा गुण्डागर्दि गर्ने र दादागिरि मच्चाउने रहेछ । काम गर्ने भनेको कि त बुढाबुढीमहिला र केटाकेटी मात्र रहेछन । यसरी हेर्दा जति बिकाश गाँउमा पुगे पनि ती केटाकेटीमहिला र बुढाबुढीको दैनिकी एकदमै कष्टपुर्ण हुदै गइरहेको रहेछ । यसलाई बोक्रे बिकाश नभनेर कसरी गुदी भएको बिकाश मान्नु ?