Tuesday, September 16, 2014

एयरपोर्टमा एक घण्टा

एयरपोर्टमा बिदाईको लागि जान त मजा नै हुन्छ, तर फर्किने बेलामा खल्लो महसुस हुने भएकाले एयरपोर्ट बिदाईको लागि जानुनपरोस जस्तै लाग्छ । तर यसपाली फेरी एयरपोर्ट जानै पर्यो बिदाईको लागि । बिदाईको फोटो खिच्दा खिच्दै, मेरो दिमागमा एउटा फोटो ब्लग लेख्ने मुड सवार भयो । हुन त म कुनै राम्रो क्यामरा बोक्ने प्रोफेशनल फोटोग्राफर त होइन, तर पनि एयरपोर्टमा करिब एक घण्टा बस्दा देखेका दृष्यमध्ये मेरो मोबाइलले लिन भ्याएका केहि फोटाहरु यहाँ राखेको छु ।



नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल उज्यालोमा हेर्दा जति कुरुप देखिए नि, राति हेर्दा, नाम लेखेको भाग त राम्रै देखिदो रहेछ ।
 
कुनै माछाबजार भन्दा कम छैन, नेपालको एयरपोर्ट । सायद एउटै मात्र भएर हो कि अस्तब्यस्त ब्यबस्थापनले हो, असन इन्द्रचोक जस्तैलाग्छ भिडामभिड.........


सुरक्षाको जिम्मेवारी लिएका यी पुलिस म एक घण्टा बस्दा करिब आधा घण्टा त मोबाइलमै गफ गर्न ब्यस्त थिए । कानमा मोबाइल राखि राखि यात्रुको चेकजाँच गर्थे, हरे शिब.... कस्तो सुरक्षा ब्यबस्था हो ?

मिलन र बिछोडको ठाँउ हो एयरपोर्ट, नेपालबाट बिदाई हुदै गर्दा भाबुक भएका दुई बिदेशीहरु ।


बिजनेस गर्ने कला र आइडिया हुनुपर्छ, जहा नि बिजनेश । अब हुँदा हुँदा, किताब बेच्न राखेको ट्रलीमा  नि बिज्ञापन राखेर कमाउन भ्याएछन, यी सोल्टीले । 


खतरा उत्साह छ नेपाली युवाहरुमा बिदेश जाने बेलामा, कट कटले फोटो खिच्न भ्याएका छन्, किन रे थाहा छ, फेसबुकमा राख्न....


त्यहि उत्साहमा केहि चिन्तित नि भेटिए, आफ्ना छोराछोरी र प्राणप्यारी छोडेर जानुपरेकामा । भक्कनिदै आफ्नी प्राण प्यारीसँग फोनमा गफ गर्दै थिए, यी हुन लागेका परदेशी । अचम्म नै हुदो रहेछ यो सम्बन्ध भन्ने चिज पनि.... मलाई त दिक्क लागेर आयो.. कहिले स्वतन्त्र हुन नसकिदो रहेछ.. जहाँ गए नि अरु कै टेन्सन.. सम्बन्ध बिहिन जिन्दगी बाच्दा कस्तो होला ??


बिदेशीन लागेको छोरोसँग यी आमाले अगाँलो मारेर रोइन । हेर्ने सबैका आँखा रसाए तर के गर्नु बिकल्प बिहिन समस्या बनिदियो यो पलायनबादि सोच :(

बहिर आफन्तले लगाइदिएको माला भित्र छिरेपछि घाँडो नै हुदो रहेछ । एउटा बिदेशिदै गरेको एउटा युबकले माला भारी भयो भनेर माला झन्डाउने उत्कृष्ठ ठाँउ भेटेछ, आखिर खाँटि नेपाली न परो । मालाको साथसाथमा चस्मा नि छोडेर गएछ, उ बिदेश बस्दा नि नेपाल हेर्ने आश हो कि के हो बुझ्न सकिएन :P


एयरपोर्ट जाँदा टेन्सन मात्र लिएर फर्कनु पर्दैन रहेछ । दिक्क लागेर फर्किने बेलामा नेपालका ठुला भनेर चिनिने मानिस नि भेटिदा रहेछन । तीसँगको एकछिनको भेटघाट र फोटो खिचाई नि यादगार बन्दो रहेछ, बल्ल चाल पाइयो । :) पहिलो पल्ट कोहि सेलेब्रेटीलाई फोटोको लागि आग्रह गरेर फोटो लिइछाडियो ।