Wednesday, June 19, 2013

याद :-(

तिम्रो मेरो हिड्ने बाटो कता कता मोडियो
छुट्टिएको हाम्रो साथ कहिले पो जोडीयो
जुनी जुनी सगै हिड्ने बाचा कसम तोडियो
छुट्टिएको हाम्रो साथ कहिले पो भेटियो

थाकिसके कुददा कुददै यो घना सहर
तिम्रो यादले पोल्न थाल्यो ल्याइदेउ न जहर
बिर्सिन तिमीलाई गाह्रो भो सम्झन्छु हर प्रहर
तिमि मेरो पिडा भयौ, हैनौ मेरो रहर

(पिडित साथिमा समर्प्रित)